मुस्ताङबाट पोखरा फर्केर पोखरा १४ स्थित मझेरी मञ्जिल पुगेका प्रधानमन्त्री वालेन्द्र शाहको फोटो भिडियो खिचेको भन्दै सुरक्षामा खटिएको नेपाली सेनाले पत्रकार सुरेश सुनारको क्यामेराबाट डिलिट गराएको छ ।
पर्यटनमन्त्री खडकराज (गनेस) पौडेलको निजी रिसोर्टमा बस्न जाने क्रममा प्रधानमन्त्री शाहको भिडियो मेरो साथी टीभीका पत्रकार सुरेश सुनारले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
विजयपुर खोला किनारमा रहेको रिसोर्ट पारीपट्टी बसेर भिडियो खिचिरहेका सुनारलाई सेनाले गाडीमार्फत् आएर क्यामेराबाट भिडियो डिलिट गर्न लगाएका हुन् । रिसोर्टको गेटनेर पुगेर खिच्न खोज्दा नदिएपछि सुनार पारीपट्टी गएर खिच्न सुरु गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पद धारणा गरेका व्यक्तिका बारेमा सूसूचित गर्ने उद्देश्यले भिडियो खिच्दा नेपाली सेनाले नै हटाउनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताए । ‘प्रधानमन्त्री पनि सार्वजनिक व्यक्ति हुन्, रिसोर्ट पनि सार्वजनिक स्थल नै हो,’ उनले भने, ‘प्रधानमन्त्रीको पोखरा आगमनबारे रिपोर्टिङ गर्ने उद्देश्यले भिडियो खिच्दा सेनाले नै डिलिट गर्नु लोकतन्त्र र स्वतन्त्र प्रेसमाथिको प्रहार हो ।’
सेनाकै सुरक्षामा शुक्रबार प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टिमसहित निजी गाडीमा पोखरा हुँदै मुस्ताङ पुगेका थिए । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री खडकराज पौडेल (गनेस) पनि थिए । शुक्रबार उनीहरु कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज लजमा बास बसेका थिए । त्यसपछि शनिबार बिहान मुस्ताङ बास बस्न पुगेका थिए । आइतबार उनी मुस्ताङबाट बागलुङ, पर्वत हुँदै पोखरा फर्किएका हुन् ।
सम्बन्धित खबर
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
कृष्णभीरको सडक दुई/तीन दिनभित्रैमा सञ्चालनमा ल्याउने तयारी
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं
बालेनलाई आशिकाको प्रश्न- मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ?
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबारको पुनःनिर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुन्छ भन्ने कसरी पत्याउने ?
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने