मुस्ताङबाट पोखरा फर्केर पोखरा १४ स्थित मझेरी मञ्जिल पुगेका प्रधानमन्त्री वालेन्द्र शाहको फोटो भिडियो खिचेको भन्दै सुरक्षामा खटिएको नेपाली सेनाले पत्रकार सुरेश सुनारको क्यामेराबाट डिलिट गराएको छ ।
पर्यटनमन्त्री खडकराज (गनेस) पौडेलको निजी रिसोर्टमा बस्न जाने क्रममा प्रधानमन्त्री शाहको भिडियो मेरो साथी टीभीका पत्रकार सुरेश सुनारले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
विजयपुर खोला किनारमा रहेको रिसोर्ट पारीपट्टी बसेर भिडियो खिचिरहेका सुनारलाई सेनाले गाडीमार्फत् आएर क्यामेराबाट भिडियो डिलिट गर्न लगाएका हुन् । रिसोर्टको गेटनेर पुगेर खिच्न खोज्दा नदिएपछि सुनार पारीपट्टी गएर खिच्न सुरु गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पद धारणा गरेका व्यक्तिका बारेमा सूसूचित गर्ने उद्देश्यले भिडियो खिच्दा नेपाली सेनाले नै हटाउनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताए । ‘प्रधानमन्त्री पनि सार्वजनिक व्यक्ति हुन्, रिसोर्ट पनि सार्वजनिक स्थल नै हो,’ उनले भने, ‘प्रधानमन्त्रीको पोखरा आगमनबारे रिपोर्टिङ गर्ने उद्देश्यले भिडियो खिच्दा सेनाले नै डिलिट गर्नु लोकतन्त्र र स्वतन्त्र प्रेसमाथिको प्रहार हो ।’
सेनाकै सुरक्षामा शुक्रबार प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टिमसहित निजी गाडीमा पोखरा हुँदै मुस्ताङ पुगेका थिए । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री खडकराज पौडेल (गनेस) पनि थिए । शुक्रबार उनीहरु कास्कीको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज लजमा बास बसेका थिए । त्यसपछि शनिबार बिहान मुस्ताङ बास बस्न पुगेका थिए । आइतबार उनी मुस्ताङबाट बागलुङ, पर्वत हुँदै पोखरा फर्किएका हुन् ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन