राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेलाई मंगलबार न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
बेलबासे जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकास हुँदैथिए। जिल्ला न्यायाधीशको ६३ वर्षे उमेर हदका कारण बेलबासे आगामी असोज ३ गते अनिवार्य अवकास हुन लागेका थिए। उनी २०२० साल असोज ४ गते जन्मिएका हुन्।
तर त्यसअघि नै १३ औँ वरियतामा रहेका बेलबासेलाई उच्चमा सिफारिस गरिएको हो।
महान्यायाधिवक्ताले रविसहित उनी जोडिएका सबै सहकारीका अभियुक्तहरुको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धीका कसुर फिर्ता लिने निर्णय गरेको थियो। महान्यायाधिवक्ताले यसका लागि सम्बन्धित जिल्ला सरकारी वकिललाई निर्देशन दिएका थिए।
सोही अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पनि अभियोग पत्र संशोधन गर्दै रवि लामिछाने, जिबि राई, छविलाल जोशी लगायतलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन निवेदन दिएको थियो।
२०८२ फागुन ४ गते कास्कीका जिल्ला न्यायाधीश नितिज राईले यसविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट परेकाले त्यसमा आदेश भएपछि मात्रै निर्णय लिनु उचित हुने भनेका थिए।
तर उच्च अदालत पोखराले यसका लागि सर्वोच्चको आदेश कुर्नु नपर्ने आदेश दियो। त्यसपछि फेरि जेठमा पेश हुँदा यो निवेदनमाथी सुनुवाइ भएकोमा न्यायाधीश बेलबासेको इजलासमा तोकिएको थियो।
बेलबासेले निवेदन माग बमोजिम अभियोग पत्र संशोधनका लागि अनुमति दिएका थिए। सरकारले यसैको गुनमा १२ जना वरिष्ठ जिल्ला न्यायाधीशलाई छाडेर १३ औँ नम्बरमा रहेका बेलबासेलाई उच्चको न्यायाधीश बनाएको हो।
यसअघि रविलाई कारागार मुक्त गर्न अनुमति दिने अर्का न्यायाधीशलाई पनि विशेष अदालतको प्रमुख बनाइएको थियो। असार ३२ गते न्याय परिषद्ले उच्च अदलत तुलसीपुरको बुटवल इजलासमा कार्यरत वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाएको हो।
उनी सहितको इजलासले रविलाई सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहँदा आरोप बिगो बराबरको धरौटी जम्मा गरेर रिहा गर्न अनुमति दिएका थिए।
त्यसपछि लामिछाने २ करोड ७४ लाख ८४ हजार धरौटी जमानत राखेर रिहा भएका थिए। मंगलबार बेलबासेसँगै तीन जना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
पहिलो नम्बरमा सिफारिस भएर उच्च अदालत सुर्खेतमा सिफारिस भएका भद्रकाली पोखरेल सर्वोच्च अदालतका रजिस्ट्रार हुन्। बेलबासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गर्न सिफारिस गरिएको छ। गजेन्द्रबहादुर सिंह उच्च अदालत विराटनगरमा पदस्थापन हुने भएका छन्।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला