राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेलाई मंगलबार न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
बेलबासे जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकास हुँदैथिए। जिल्ला न्यायाधीशको ६३ वर्षे उमेर हदका कारण बेलबासे आगामी असोज ३ गते अनिवार्य अवकास हुन लागेका थिए। उनी २०२० साल असोज ४ गते जन्मिएका हुन्।
तर त्यसअघि नै १३ औँ वरियतामा रहेका बेलबासेलाई उच्चमा सिफारिस गरिएको हो।
महान्यायाधिवक्ताले रविसहित उनी जोडिएका सबै सहकारीका अभियुक्तहरुको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धीका कसुर फिर्ता लिने निर्णय गरेको थियो। महान्यायाधिवक्ताले यसका लागि सम्बन्धित जिल्ला सरकारी वकिललाई निर्देशन दिएका थिए।
सोही अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पनि अभियोग पत्र संशोधन गर्दै रवि लामिछाने, जिबि राई, छविलाल जोशी लगायतलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन निवेदन दिएको थियो।
२०८२ फागुन ४ गते कास्कीका जिल्ला न्यायाधीश नितिज राईले यसविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट परेकाले त्यसमा आदेश भएपछि मात्रै निर्णय लिनु उचित हुने भनेका थिए।
तर उच्च अदालत पोखराले यसका लागि सर्वोच्चको आदेश कुर्नु नपर्ने आदेश दियो। त्यसपछि फेरि जेठमा पेश हुँदा यो निवेदनमाथी सुनुवाइ भएकोमा न्यायाधीश बेलबासेको इजलासमा तोकिएको थियो।
बेलबासेले निवेदन माग बमोजिम अभियोग पत्र संशोधनका लागि अनुमति दिएका थिए। सरकारले यसैको गुनमा १२ जना वरिष्ठ जिल्ला न्यायाधीशलाई छाडेर १३ औँ नम्बरमा रहेका बेलबासेलाई उच्चको न्यायाधीश बनाएको हो।
यसअघि रविलाई कारागार मुक्त गर्न अनुमति दिने अर्का न्यायाधीशलाई पनि विशेष अदालतको प्रमुख बनाइएको थियो। असार ३२ गते न्याय परिषद्ले उच्च अदलत तुलसीपुरको बुटवल इजलासमा कार्यरत वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाएको हो।
उनी सहितको इजलासले रविलाई सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहँदा आरोप बिगो बराबरको धरौटी जम्मा गरेर रिहा गर्न अनुमति दिएका थिए।
त्यसपछि लामिछाने २ करोड ७४ लाख ८४ हजार धरौटी जमानत राखेर रिहा भएका थिए। मंगलबार बेलबासेसँगै तीन जना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
पहिलो नम्बरमा सिफारिस भएर उच्च अदालत सुर्खेतमा सिफारिस भएका भद्रकाली पोखरेल सर्वोच्च अदालतका रजिस्ट्रार हुन्। बेलबासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गर्न सिफारिस गरिएको छ। गजेन्द्रबहादुर सिंह उच्च अदालत विराटनगरमा पदस्थापन हुने भएका छन्।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने