तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबार भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि रोट्रयाक्ट क्लब अफ दमौली टिम `ए´ले २-१ गोलअन्तरले जितेको छ ।
“रोटा सप्ताह” अन्तरगत भएको उक्त फुटबल प्रतियोगितामा ४ टिमको सहभागिता रहेको थियो ।
सो प्रतियोगिताको पहिलो खेल रोट्रयाक्ट क्लब अफ दमौली ए र लियो क्लब अफ तनहुँ बिच भएको थियो । उक्त पहिलो खेल रोट्रयाक्ट क्लब अफ दमौली ए टिमले २-१ गोल अन्तरले जितेको थियो ।
त्यस्तै रोट्रयाक्ट क्लब अफ दमौली बि र जेसिआई व्यासनगर बीच भएको दोस्रो खेलमा ३-१ गोल अन्तरले रोट्रयाक्ट क्लब अफ दमौली बि ले जितेको थियो ।
अन्तराष्ट्रिय क्लबहरु बीच भएको मैत्रीपुर्ण खेलले क्लब र क्लबका सदस्य बिचको सम्बन्ध मजबुत बनाउन सहयोग पुर्याउने क्लबका अध्यक्ष विपन श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको स्वागत क्लबका अगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका पुर्वअध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए ।
रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह” सोमबारदेखि सुरु भएको थियो ।
क्लबले एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि सप्ताह मनाइएको कार्यक्रमका मुख्य संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।
क्लबले फागुन २७ गतेदेखि चैत २ गते सम्म विभिन्न कार्यक्रम गरिरहेको छ ।
जस अन्तरगत क्लबले पहिलो दिन सोमबार सप्ताहको उद्घाटन तथा रोट्रयाक्टको बारेमा ज्ञानगंगाका विद्यार्थीहरु लाई जानकारी गराइएको थियो ।

रोटा सप्ताह अन्तरगत दोस्रो दिन क्लबले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ इस्लामाबाद बाङ्लादेश संग संस्कृती आदानप्रदान गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।
तेस्रो दिन वृद्धाआश्रममा खाद्यान्न प्रदान र लियो क्लब अफ तनहुँ संग संयुक्त बैठक सम्पन्न भएको थियो ।
त्यस्तै सप्ताहको चौथो दिन क्लबको ब्यानर होर्डिङ बोर्डमा थप्ने तथा पुरानो लाई परिवर्तन गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै चैत १ गते रोट्रयाक्ट क्लब अफ दमौलीले रोटरी क्लब अफ दमौली संग संयुक्त बैठक सम्पन्न भएको थियो ।
मार्च १३ लाई मध्यनजरमा राख्दै विश्वभरका रोट्रयाक्ट क्लबहरुले रोटा सप्ताह मनाउने र रोट्रयाक्ट क्लब अफ दमौलीले पनि फागुन २७ गतेदेखि चैत २ गतेसम्म रोटा सप्ताह मनाएको क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
सप्ताहको समापन सोमबार हुने क्लबका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प