पोखरा । सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी सवार गाडी नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
विदाको दिन सरकारी सवारी साधनको दुरु पयोग गरेको भन्दै उनीहरुले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी नियन्त्रणमा लिएका हुन् ।
अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको टोलिले गाडी नियन्त्रणमा लिई आगामी दिनमा सरकारी सम्पत्ति दुरुपयोग नगर्न आग्रह गर्दै गाडी छोडिएको हो ।
परीवारलाई लिएर घुम्न जाँदै गर्दा गाडी समातिएपछि आगामी दिनमा सार्वजनिक विदाका दिन सरकारी गाडीमा ननिस्किने सहायक सिडियो बरालले प्रतिबद्धता गरेका थिए ।
‘शनिवारको दिन आफ्नो क्षेत्र हेरौं र प्रहरी चौकीको पनि निरीक्षण गरौं भनेर गएको हो, उनले भने, ‘आज गैहाल्यौं । अवदेखि जाँदैनौं ।’ उनी इलाका प्रशासन कार्यालय लेखनाथमा कार्यरत छन् ।
‘परीवारै लिएर घुम्न ?’
सहायक प्रमुख जिल्ला अधिकारी बरालले जिल्ला जिल्ला प्रशासन कार्यालय कास्कीको सवारी साधनमा परीवारलाई लिएर घुम्न गएका थिए ।
शनिवार उनी परीवार सहित घुम्नका लागि कालिका जाँदै गरेको अबस्थामा नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । बराललाई नेकपाका कार्यकर्ताले मादी ५ सुनपँदालीमा उनको गाडी नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’