रोकिराखेको ट्रकमा पछाडिबाट ठक्कर दिँदा १८ बर्षीय रखालको मृत्यु

रोकिराखेको ट्रकमा पछाडिबाट ठक्कर दिँदा १८ बर्षीय रखालको मृत्यु

accident

 कमला राना, नवलपुर । पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा रोकिराखेको ट्रकमा ठक्कर दिँदा एक १८ बर्षीय युवाको मृत्यु भएको छ ।

आइतबार बिहान उक्त सडक खण्डको कावासोती नजिकै जङ्गलमा रोकिराखेको ट्रक अर्काे ट्रकले पछाडिबाट ठक्कर दिँदा दाङका १८ बर्षीय अनराम रखालको मृत्यु भएको हो ।

दुर्घटनामा परेका दाङका रखालको घटना स्थलमै मृत्यु भयो भने दाङकै ३० वर्षका सुदिप राइ र २३ वर्षका विनोद लामा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कावासोती नजिकै खरकट्टा जङ्गलमा विग्रीएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds