शुक्रबार मुम्बईको आकाशमा दुई विमान दुर्घटनाबाट बडो मुस्किलले जोगिएका छन् ।
दुईमध्ये एक संयुक्त अरब इमिरेट्स ९यूएई०को आबुधाबीबाट काठमाडौंतर्फ आइरहेको इतिहाद एयरबस ३२० ९इवाई २९०० विमान थियो भने अर्को हो चि मिन्हबाट पेरिस लागिरहेको एयर फ्रान्स बोइङ ७७७ ९एएफ २५३० ।
आ–आफ्ना गन्तव्यमा दिउँसो १ः४० मा उडिरहेका दुई विमानमा अचानक ट्राफिक कोलिजन अभोइडेन्स सिष्टम्स् ९टीसीएएस० चेतावनीमूलक संकेत देखापर्यो । संकेतमा विपरीत दिशाबाट उडिरहेका जहाज ठोक्किन सक्ने जोखिम औंल्याइएको थियो ।
“दुई विमान तीन नटिकल माइल्स ९झण्डैं ५।५५६ किलोमिटर०को फरकमा थिए, यो भनेको केही सेकेण्डको कुरा मात्र हो”, स्रोतलाई उद्धृत गर्दै भारतको ुटाइम्स अफ इण्डिया डटकमुले लेखेको छ ।
स्रोतका अनुसार, घटना हुनुभन्दा अघि एयर फ्रान्स ३२,००० फिट उचाईंमा उडिरहेको थियो भने इतिहाद ३१,००० फिटमा ।
तर, विमान मुम्बई आकाशमा आइपुगेका बेला विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३,००० फिटको उचाईं लिन निर्देशन दिए।
ठीक त्यही बेला दुई विमान आपसमा ठोक्किने अवस्था आएको थियो । धन्य, त्यही समय टीसीएएसको चेतावनी आयो । र, ठूलो संकट टर्यो ।
घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको छ । र, थप अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् ।
तर, घटनाको प्रमुख कारण भने पाकिस्तानले आफ्नो आकाशमा अन्तर्राष्ट्रिय विमान उडानमा लगाएको प्रतिबन्ध ठानिएको छ । पाकिस्तानी आकाश प्रयोग गर्न नपाएका कारण विमानको चाप भारतीय आकाशमा परेको छ ।
भारत शासित काश्मीरको पुलवामा आतंककारी आक्रमणपछि द्विपक्षीय द्वन्द्वका कारण २७ फेब्रुअरीदेखि पाकिस्तानले आफ्नो आकाशमा यस्तो प्रतिबन्ध लगाएको हो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने