काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएकोमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रुवाबासी गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
चन्द समूह मान्यताप्राप्त संस्था नभएकोले प्रतिबन्ध लगाएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले गरेको उक्त काममा रुवाबासी नगर्न नेपाली काँङग्रेसलाई आग्रह गरेका हुन् ।
आईतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ उनले बम पडकाउने, चन्दा आतंक फैल्याउनेलगागतका अपराधिक गतिविधि गरेकाले सो समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।
यस्ता गतिविधिमा संलग्न समूहलाई प्रतिबन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताए । उनले फरक प्रसंगमा मन्त्रीमण्डल फेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारे ।
‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन ।’ प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण