पोखरा । पोखराको मुख्य बजार केन्द्र चिप्लेढुंगा । सडक छेवैमा रहेको चिप्लो ढुंगाकै नामबाट यस क्षेत्र चिप्लेढुंगा नामले चिनिन्छ । तर, अहिले ढुंगा नै पहेंलपुर छ । चिप्लेढुङ्गाको इतिहास बोकेको ढुङ्गाको प्राकृतिक रङ्ग बिगारेर पहेलों रंग कसले पोत्यो ? महानगरलाई पत्तै छैन ।
पोखरामा लायन्सहरु धुमधामका साथ समारोह गर्छन् तर आफैले गरेको फोहोर समेत कार्यक्रमस्थलबाट उठाउँदैनन् भनेर चर्को आलोचना हुँदै आएको हो । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ को भव्य कार्यक्रम यहाँ हुँदैछ । पहेंलो रँगसँग प्रत्यक्ष जोडिन्छन् उनीहरु । लोगो नै पहेंलो रंगमा निलो घेरा छ । सामाजिक सञ्जालमा चर्को विरोध हुँदा पनि यसको जिम्मेवारी भने कसैले लिएको छैन ।
पोखराको ब्यस्त बजारमा रहेको ढुङ्गामा रङ्ग कसले लगायो भन्नेबारेमा महानगर नै बेखबर छ । ढुंगाको संरक्षणका लागि बार लगाउने पनि लायन क्लब नै थियो । लायन्स क्लब अफ हेम्जाले ढुङ्गाको संरक्षण गर्न उत्तरदायित्व बहन गर्दै बार लगाएको थियो । तर, उक्त क्लबका प्रतिनिधिले कसले रंग पोत्यो ? भन्दै अचम्म ब्यक्त गरेका छन् ।
लायन्स क्लब अफ हेम्जा संरक्षण बर्ष २०१७–१८ का अधक्ष्य नवराज त्रिपाठीले फेसबुकमा लेखेका छन् ‘ढुङ्गाको प्राकृतिक स्वरूप नै बदलिने गरेर ढुङ्गा हो कि सिमेन्टको थुप्रो हो भन्ने नछुट्टिने गरि कसले रङ्ग पोत्यो ? हामी अचम्मित छौं ।’
यसबारेमा महानगरका प्रमुख मान बहादुर जिसीले यसबारे आफूलाई पनि थाहा भएको तर कसको काम हो ? पत्तो पाउन नसकेको बताए । उनले भने– ‘मैले कसले गर्यो भन्ने जानकारी पाएको छैन, जो सुकैले गरेको भए पनि चिप्लेढुङ्गामा रङ पोत्नु राम्रो भएन हामी कारवाही गर्छौ । चिप्लेढुङ्गा जे जस्तो अबस्थामा थियो त्यही पुरानै अवस्थामा फर्काउनुपर्छ त्यो भन्दा बढी हामी केही जान्देनौं ।’
सडकलाई नै बाधा पुगेपनि अस्तित्व कायम गर्नका लागि ढुंगा हटाइएको छैन । पार्किङले पनि छेकिने यस ढुंगालाई संरक्षणका लागि सोच्नुपर्ने जरुरी भएको छ ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?