पोखरा । पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुरु गरेको छ । साविक लेखनाथ नगरपालिका कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुरुआत गरे । जिसीले प्रविधि मैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत् भए त्यसले भ्रष्टचार कम गर्ने उल्लेख गरे । ‘सबै काम सेवाग्राही र कर्मचारी मुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘ यसो गर्न सके रकमको बार्गेनिङसमेत हँुदैन ।’ प्रमुख जिसीले नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्या न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग गर्ने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई पेपरलेस बनाउन सहयोग पुग्ने उल्लेख गरे । पौडेलले अनलाइन नक्सापास वडाबाटै सुरु गरेको महानगरले कर तथा राजश्वलाई समेत घर नक्सापाससँग जोडेर शुल्क निर्धारण गर्ने व्यवस्था मिलाउने कार्यलाई अघि बढाइनेसमेत बताए । महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरणमार्फत व्यवस्थित गरिने बताए ।
महानगरपालिकाका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले १ हजार वर्ग फिटसम्मका घरको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताउँदै योजनाका सम्झौतालाई समेत विद्युतीय अभिलेख गर्ने गरी अगाडि बढाइने उल्लेख गरे । वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्युतीय अभिलेखीकरणले सुशासनमा सहयोग पुग्ने विचार राखे ।
काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सा पासका अभिलेखलाई व्यवस्थापन गर्नेछ । पहिलो चरणमा साविक लेखनाथका ५ हजार २ सय र थप महानगरका गरी १० हजार घर नक्सापास किताबलाई विद्युतीय अभिलेखीकरण गरिने आइटी इन्जिनियर असोक द्वारेले जानकारी दिए । यो सफ्टवयरमार्फत योजनाका सम्झौता, राजश्व, प्रशासन लगायतका महत्वपूर्ण कागजातलाई पनि विद्युतीय अभिलेखीकरण गर्न मिल्ने उनले बताए । सेल्स टेक्नोलोजीका प्रबन्ध निर्देशक राम रिमालले प्रविधिको प्रयोगले पेपर क्लिन महानगर बनाउन सहयोग पुग्ने बताए ।
सम्बन्धित खबर
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री