काठमाडौं । उपनाम राखेर पनि नागरिकता लिन सक्ने गरी नागरिकता विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ । मंगलबारको बैठकमा समितिले जुटाएको सहमतिअनुसार कसैले उपनाम राखेर नागरिकता लिन चाहेमा जिल्ला प्रशासन कार्यालयले प्रतिलिपी दिनुपर्ने हुन्छ ।
प्रादेशिक पहिचान स्वेच्छिक
संविधानको धारा १० को उपधारा २ मा ‘नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीयय नागरिकताको व्यवस्था गर्ने’उल्लेख छ । संविधानको यही व्यवस्थाअनुसार हाल जारी भइसकेका नागरिकताहरु पनि पुनः प्रादेशिक पहिचानसहितको हुने गरी नवीकरण गर्नुपर्ने भन्दै सांसदहरुले माग गरेका छन् । सांसद झपट रावलले पैसामा किनेर नागरिकता लिएर त्यसकै आधारमा ब्यापार व्यावसाय गर्नेहरु नेपालमा धेरै रहेको भन्दै सबै नागरिकता पुनरावलोकन गर्नुपर्ने बताए ।
नागरिकतामा त्रुटि सच्याउने म्याद एक वर्ष
नागरिकतामा त्रुटि सच्याउन सकिने प्रावधान राख्ने विषयमा भने समितिले यसअघि आफैँले गरेको सहमति उल्ट्याएको छ । समितिले यसअघि नागरिकतामा भएको त्रुटि एक पटकमात्रै सच्याउन सक्ने व्यवस्था विधेयकमा राख्ने निर्णय गरेको थियो । तर, त्यसले अप्ठेरो पार्न सक्ने भन्दै सांसदहरुले पुनरावलोकन गर्नुपर्ने माग गरेपछि समितिले पहिलेको निर्णय सच्याएर एक वर्षमा एक पटक सच्याउन सक्ने गरी सहमति जुटाएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण