पोखरा । विप्लव नेतृत्वको नेकपाले पोखरामा व्यापारी अजयराज सुमार्गीको नाममा रहेको ‘२५ रोपनी जग्गा’ कब्जामा लिएको दाबी गरेको छ । तर, जग्गाको गेटमा ब्यानर र झण्डा राख्नेबित्तिकै दर्जन युवाहरु मोटरसाइकलमा पुगेर ब्यानर च्यातेर फालिदिएको स्थानीयले बताएका छन् ।
शनिबार नेकपा विप्लव कास्कीले एक विज्ञप्ति जारी गरी सुमार्गीको जग्गा कब्जामा लिएको दाबी गरेको हो । कास्की, पट्नेरी स्थित किता नं. २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ जग्गा कब्जा गरेको जनाएको छ।
विप्लव नेकपाकै दाबी अनुसार जग्गा पहिले सोवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नाममा थियो। सिग्देल परिवार र पोखरा महानगरपालिका–१२ का बद्रीप्रसाद आचार्यबीच घर व्यवहार मिलाउन एक करोड कारोबार हुँदा जग्गा धितो राखिएको थियो। तर, सिग्देल परिवारलाई पैसा फिर्ता दिँदा जग्गा नदिई आचार्यले सुमार्गीका नाममा पास गराएको विप्लव नेकपाको दाबी छ।
आचार्यले सो जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको कम्पनी मुक्ति श्री प्रालिलाई दुई करोडमा विक्री गरेको नेकपा विप्लवको दाबी छ। पीडित परिवारले जनपरिष्दमा निवेदन दिएपछि छानबिनका आधारमा उक्त जग्गा विवादित देखिएकाले कब्जा गरिएका जारी विज्ञप्तिमा उल्लेख छ। उक्त जग्गा भोगचलन तथा विक्री नगराउन नापी, मालपोत, व्यवसायी सबैलाई विप्लव नेकपाले अनुरोध गरेको छ।
मुक्ति श्री प्रालिले केही समयअघि सो जग्गामा डोजर लगाएर सम्याएको थियो। हेटौंडाका साधारण व्यक्ति सुमार्गी १० वर्षमै अर्बपति बनेको र उनको आर्थिक उन्नतिको हैसियत असामान्य रहेको विप्लव नेकपाको दाबी छ। गण्डकी प्रदेश प्रहरीले भने पोखरामा कुनै पनि जग्गा विप्लव माओवादीको कब्जामा नरहेको बताएको छ।
गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले जग्गामा झन्डा गाडेको सूचना आएपछि प्रहरी जाँदा त्यस्तो केही फेला नपरेको बताएका छन् । सुमार्गीलाई प्रचण्डसँग जोडेर आलोचना गर्ने गरिन्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ