तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ ले वडाबाट घरको छतमा अर्ग्यानिक तरकारी खेतीको तालिम आइतवार देखि सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले बजार क्षेत्रमा अभियानको रुपमा कौशीखेती अभियान सञ्चालन गरी कुहिने फोहोरको व्यवस्थापन गरिने बताए । न्यौपानेले तालिम पश्चात अनुमगन गरिने र उत्कृष्ट ठहरिएका उपभोक्ताहरुलाई पुरस्कृत गरिने समेत बताएका छन ।

साथै न्यौपानेले नमुना अभियान सफल भएमा बजार क्षेत्रमा कौशि खेती कार्यक्रम आगामि वर्षबाट लागु गरिने समेत जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत वावुराम उप्रेतीले बजार क्षेत्रमा खेत गर्ने जमिनको अभाव हुने तथा फोहोरको व्यवस्थापनमा समेत सहयोग पुग्ने हुँदा दमौली वजारलाई लक्षित गरी तालिमको आयोजना गरिएको जानकारी दिए ।

घरमै खेती गर्दा स्वस्थ्कर तरकारीको मागलाई समेत सम्बोधन हुने उप्रेतिले बताए । तालिमको आयोजक वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गण्डकी प्रदेशका निर्देशक एवं कार्यक्रमका सभापति राजेन्द्र बासुकलाले कास्कीबाट सुरु भएको यो अभियान तनहुँ हुँदै प्रदेशभर गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा वडा नं ३ का वडा सदस्य रबिन पौडेल, शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष विनु श्रेष्ठ लगायतले बोलेका थिए । व्यास नगरपालिकाको वडा नं ३ बाट सुरु भएको ३ दिने तालिम शान्तिनगर टोल विकास संस्थाको भवनमा चलिरहेको छ भने तालिममा वडा नं ३ र ४ का गरी ३५ जना सहभागिता रहेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’