होर्डिङ बोर्ड हटाउने पोखरा महानगरको हतारो र कच्चा निर्णयले मारमा परिरहेको परिचय एडभर्टाजिङलाई अर्को चिन्ता थपिएको छ । परिचयसँग सम्बन्धित सबै सामाजिक सञ्जाल ह्याकरको नियन्त्रणमा पुगेका छन् ।
परिचयका मेनेजिङ डिरेक्टर सोभित बस्यालको दशक पूरानो फेसबुक आइडी ह्याक गरी उनी एडमिन भएका सम्पूर्ण पेज ग्रुपहरु ह्याकरको नियन्त्रणमा पुगेको हो । निकै दुःखित मुद्रामा भेटिएका बस्यालले भने – एक त यहीं स्वरोजगार बनेर, आफूजस्तै युवाहरु दर्जनौंलाई रोजगारी दिएर अघि बढिरहँदा स्थानीय सरकार नै आतंक मच्चाउने खेलमा लागिरहेका बेला यही समस्या समाधानका लागि भौतारिरहेको छु । यस्तो बेला सबै सहयोगी, शुभेच्छुकको आवश्यकता महसुस गरिरहेको बेला फेसबुक आइडी, पेज, ग्रुप नै अर्काको हातमा पुगेको छ । दोहोरो पीडामा छु ।
बस्यालले आफ्नो आधिकारीक पेजबाट मनलाग्दी पोष्ट तथा तस्विरहरु हालेर ५०० डलरबाट बार्गेनिङ सुरु गरेको प्रमाण पनि उपलब्ध गराएका छन् । ह्याकरले आफू चीनबाट रहेको जनाएका छन् ।
परिचय एडभर्टाजिङका आधिकारीक फेसबुक पेज परिचय नेटवर्कबाट आउने सबै पोष्टहरुमा आफू सम्बन्धित नरहेकाले यसमा भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन् ।


सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु