तपाईं ड्राइभिङ लाइसेन्स निकाल्ने सोचमा हुनुहुन्छ ? सबैको चाहना हुन्छ, पैसा थोरै लागोस्, समय बढी खर्चन नपरोस्, पारिवारीक वातावरण होस् । यसरी चाहेजसतै सवारी चलाउन सिकेर लाइसेन्स निकाल्नका लागि भरपर्दो इन्स्टिच्युट जानुपर्छ ।
https://www.facebook.com/gandakinews/videos/2112803582144036/
विगत दुई वर्षदेखि पोखराको पर्यटकीय क्षेत्र डेभिज फलमा हाइवे नजिकै डेभिजफल ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट सेन्टर सेवारत छ । बजार क्षेत्रभित्र बस्नेहरुका लागि अमरसिंहचोकमा फिस्टेल ड्राइभिङ स्कुल छ । यी दुई ड्राइभिङ स्कूलका लागि व्यवसायी तुलबहादुर ठकुरी लगायतले साझेदारीमा झण्डै चार करोड लगानी गरेका छन् ।
डेभिजफल स्थित २२ रोपनी जग्गामा बनेको सुविधासम्पन्न संरचनामा कारका लागि एक र मोटरसाइकल स्कुटरका लागि पक्की दुई ट्रायल संरचना छन् । जहाँ ७ ट्याक्सी, ७ स्कुटर र ५ बाइक प्रशिक्षणका लागि राखिएका छन् । बिहानैदेखि साँझसम्म भिड हुने यो स्थान रमणीय छ । भिडभाड र कोलाहल मुक्त यहाँ भित्रै थकाली किचनको समेत व्यवस्था छ ।

यस्तै, अमरसिंहचोक स्थित फिस्टेल ड्राइभिङमा ७ ट्याक्सी ८ स्कुटर र ४ बाइकबाट प्रशिक्षण दिइन्छ । दुवै ठाउँमा धेरै सवारी साधन रहेकाले पालो कुनुपर्ने झण्झट छैन । डेविजफलमा पर्याप्त स्थान भएकाले पनि धेरै प्रतिक्षा गर्नु पर्दैन । अमरसिंहमा भवन संरचनाले गर्दा डेविजफल भन्दा सानो स्थान छ । १० रोपनी जग्गामा फिस्टेलको संरचना तयार छ ।

व्यवसायीहरुले प्रालि नै दर्ता गरी दुई ठाउँमा यसरी ड्राइभिङ स्कुल चलाइरहेका छन् । जसको अध्यक्ष तुलबहादुर ठकुरी छन् । उनले दुई पटकसम्म ड्राइभिङ स्कुल संघ गण्डकीको नेतृत्व लिइसकेका छन् । पोखरा रंगशालाबाट विस्थापन भएपछि व्यवसायीहरुले आफ्नै हिसाबले यसरी ट्रेनिङ सेन्टर खोलेर सवारी चलाउन सिकाइरहेका छन् ।


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ