तपाईं ड्राइभिङ लाइसेन्स निकाल्ने सोचमा हुनुहुन्छ ? सबैको चाहना हुन्छ, पैसा थोरै लागोस्, समय बढी खर्चन नपरोस्, पारिवारीक वातावरण होस् । यसरी चाहेजसतै सवारी चलाउन सिकेर लाइसेन्स निकाल्नका लागि भरपर्दो इन्स्टिच्युट जानुपर्छ ।
https://www.facebook.com/gandakinews/videos/2112803582144036/
विगत दुई वर्षदेखि पोखराको पर्यटकीय क्षेत्र डेभिज फलमा हाइवे नजिकै डेभिजफल ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट सेन्टर सेवारत छ । बजार क्षेत्रभित्र बस्नेहरुका लागि अमरसिंहचोकमा फिस्टेल ड्राइभिङ स्कुल छ । यी दुई ड्राइभिङ स्कूलका लागि व्यवसायी तुलबहादुर ठकुरी लगायतले साझेदारीमा झण्डै चार करोड लगानी गरेका छन् ।
डेभिजफल स्थित २२ रोपनी जग्गामा बनेको सुविधासम्पन्न संरचनामा कारका लागि एक र मोटरसाइकल स्कुटरका लागि पक्की दुई ट्रायल संरचना छन् । जहाँ ७ ट्याक्सी, ७ स्कुटर र ५ बाइक प्रशिक्षणका लागि राखिएका छन् । बिहानैदेखि साँझसम्म भिड हुने यो स्थान रमणीय छ । भिडभाड र कोलाहल मुक्त यहाँ भित्रै थकाली किचनको समेत व्यवस्था छ ।
यस्तै, अमरसिंहचोक स्थित फिस्टेल ड्राइभिङमा ७ ट्याक्सी ८ स्कुटर र ४ बाइकबाट प्रशिक्षण दिइन्छ । दुवै ठाउँमा धेरै सवारी साधन रहेकाले पालो कुनुपर्ने झण्झट छैन । डेविजफलमा पर्याप्त स्थान भएकाले पनि धेरै प्रतिक्षा गर्नु पर्दैन । अमरसिंहमा भवन संरचनाले गर्दा डेविजफल भन्दा सानो स्थान छ । १० रोपनी जग्गामा फिस्टेलको संरचना तयार छ ।
व्यवसायीहरुले प्रालि नै दर्ता गरी दुई ठाउँमा यसरी ड्राइभिङ स्कुल चलाइरहेका छन् । जसको अध्यक्ष तुलबहादुर ठकुरी छन् । उनले दुई पटकसम्म ड्राइभिङ स्कुल संघ गण्डकीको नेतृत्व लिइसकेका छन् । पोखरा रंगशालाबाट विस्थापन भएपछि व्यवसायीहरुले आफ्नै हिसाबले यसरी ट्रेनिङ सेन्टर खोलेर सवारी चलाउन सिकाइरहेका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग