सन्दिप आबद्ध दिल्लीको पहिलो पराजय, सन्दिपलाई दोस्रो खेलमा पनि खेलाइएन

सन्दिप आबद्ध दिल्लीको पहिलो पराजय, सन्दिपलाई दोस्रो खेलमा पनि खेलाइएन

sandip

 एजेन्सी – सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पहिलो पराजय व्यहारोको छ । मंगलबार राति भएको आफ्नो दोस्रो खेलमा दिल्ली दिल्ली चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको हो । ओपनर शिखर धवनले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत पाँचौ खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको दिएको थियो ।

घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ओपनर धवनले ४७ बलमा ७ चौका प्रहार गर्दै ५१ रनको योगदान दिए । १४८ रनको लक्ष्य पछ्याएको सुपरकिंग्सले दिल्लीको चुनौति २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।

दिल्लीले लगातार दोस्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेन । पछिल्लो खेलबाट ट्रेन्ट बोल्टको स्थानमा अमित मिश्रा टोलीमा परे । दिल्लीले पहिलो खेलमा इण्डियन्सलाई ३७ रनले जितेको थियो । चेन्नईको यो लगातार दोस्रो जीत हो । उसले पहिलो खेलमा रोयल च्यालेञ्जर्सलाई ७ विकेटले हराएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds