पोखरा । नवलपरासीमा ७२ बर्षीय बृद्ध मृत अबस्थामा फेला परेका छन् । शुक्रबार नवलपरासीको बिनयी त्रिबेणी गाँउपालिका वडा नम्बर २ का ७२ बर्षीय दिल बहादुर बि.क मृत अबस्थामा फेला परेका हुन् । बि.कलाई सोहि ठाउँका हेमलाल गुरुङको गोठमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । हाल घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
उपचारकै क्रममा भारतिय नागरिकको मृत्यु
पोखरा । मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । मन्दिर दर्शन गरेर फर्केका अन्दाजी ६५ बर्षीय भारतिय नागरिक KANAPPAN VAITHILINGAM को बिहिबार मृत्यु भएको हो ।
मन्दीर दर्शन गरेर बुधबार घरपझोङ गाँउपालिका वडा नम्बर ३ जोमसोममा रहेको हिमालय ईन होटलमा आएर बसेका VAITHILINGAM को बिहिबार अचानक बिरामी भएपछि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो । घटना भएको खबर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले हाल थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बागलुङमा पहिरोमा पुरिएर तीन जना घाईते
पोखरा । बागलुङमा पहिरोमा पुरिएर तीन जना घाईते भएका छन् । बिहिबार सडक खण्ड फराकिलो बनाउनका लागि श्रमदान गर्न गएका बागलुङको काठेखोला गाँउपालिका वडा ८ लेखानि कर्लिमारेमा पहिरो जाँदा स्थानीय तीन जना पुरिएर घाईते भएका हुन् ।
भित्री सडक खण्ड फराकिलो बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित आर्मीको अर्जुन बाँण गण घोडाबाँधेमा बाटो खन्न सहयोग गर्न गएका थिए । बाटो खन्न सहयोग गर्न गएका स्थानीय बाटो खन्दा खन्दै अचानक गएको पहिरो पुरिएपछि घाईते भएका प्रहरीले जनाएको छ ।
घाईते भएका तीनै जनालाई तत्काल उद्दार गरि उपचारको लागी अञ्चल अस्पताल धवलागिरी बागलुङ तर्फ पठाएकोमा घाइते मध्येका २ जनालाई थप उपचारका लागी काठमान्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो