तनहुँ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तनहुँका जनप्रतिनिधिहरु त्रासमा रहेका छन् । १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुसँग विप्लव समूहले चन्दा सहयोग मागेपछि लुरुलुरु जति मागे त्यति दिन बाध्य भएको विश्वस्त श्रोतले जनायो ।
तनहुँको एक गाँउपालिका र एक नगरपालिकाले सो समूहलाई मागे जति चन्दा दिन बाध्य बनेका हुन् । बिल भरपाई नै मिलाएर विप्लवलाई चन्दा दिनुपरेको गुनासो आएको छ । सुरुमा चन्दा माग्न आउँदा दिन नसक्ने बताए पनि केही दिन पछि बिल मिलाएर चन्दा दिएको स्रोतको दाबी छ ।
बाटोघाटो, पुल पुलेसो मर्मत गर्नका लागि बजेट माग गर्न आउने जनतालाई रुखो बचन लगाउने जनप्रतिधिहरुलेले ज्वाईरभानिजलाई’ भेटी दिएझैँ चन्दा रकम दिएका छन् । जनप्रतिधिहरुले चन्दा दिनका लागि बिल मिलाउनलाई कर्मचारीहरुलाई लगाउने गरेका छन् ।
जनप्रतिनिधिहरुले आर्थिक शाखाका कर्मचारीलाई ‘मिलाएर दिउँ, नभए कालोमोसो लगाइहाल्छन् नि भनेर भन्ने गरेको कर्मचारीले नाम नबताउने शर्तमा गण्डक न्युजलाई बताए । विप्लव समुहले तनहुँका स्थानीय तहबाट मनग्य चन्दा जम्मा गरेको स्रोतले बतायो ।
वडा अध्यक्षहरु पनि त्रासमा
विप्लव समूहलाई सरकारले पक्राउ गरेसँगै वडा अध्यक्षहरु त्रासमा परेका छन् । आफ्ना सहकर्मीहरुसँग ती वडा अध्यक्षहरुले विप्लपका कार्यकर्ताले केही गरिहाल्छन् कि ? भन्ने आशंका ब्यक्त गर्ने गरेका छन् ।
सत्ता र शक्तिको आडमा विकास बजेट, प्राकृतिक श्रोत साधनको दुरुपयोग गरेको आरोप खेपेका वडा अध्यक्षहरु अहिले विप्लवसँग त्राहीमाम् छन् ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?