किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगर भित्र रहेका ६ वटा कृषि समुहहरु लाई हाते ट्याक्टर वितरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच नगरपालिका अन्तरगतको कृषि शाखाले व्यवसायिकरण तर्फ उन्मुख ६ वटा कृषि समुहहरुलाई ६ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा उनीहरुलाई सो ट्याक्टर वितरण गरिएको व्यास नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । वार्षिक स्विकृत कार्यक्रम अनुसार व्यास नगरपालिकाबाट अनुदानमा हाते ट्याक्टर वितरण गरिएको उनले बताए ।
ट्याक्टरलाई ८० हजार र हिलाउने र ड्याङ बनाउने लाई २० हजार रुपैया पर्दछ । जसमा नगरपालिकाले ५० हजार र कृषकले ५० हजार हाल्नुपर्नेछ ।
व्यास नगरपालिका वडा नं १ को नव आदर्श मादि गंगा सामुदायिक समुह, व्यास-४ को सिमलटार कृषि समुह, व्यास-२ का कासी राम दरै, व्यास-७ को सृजन शिल मिश्रित कृषि समुह, व्यास-८ को बर्लाची कृषि सामुदायिक समुह र व्यास-११ को शहनसिल कृषि समुहले ट्याक्टर पाएका हुन् ।
२२ वटा निवेदन परेका मध्ये छनौट गरेर उनीहरु ६ जनालाई ट्याक्टर वितरण गरिएको वाग्लेले बताए । उनका अनुसार हाते ट्याक्टरले १ दिनमा ५/६ हलसम्मको खेत जोत्ने काम गर्दछ । कृषिमा यन्त्रीकरण, व्यवसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उनको भनाई छ ।
ट्याक्टर वितरण गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको ट्याक्टरको सही सदुपयोग गर्नु पर्ने बताए । चालु आर्थिक वर्षमा व्यास नगरपालिकाले ४९ लाख ३० हजार रुपैया कृषिमा विनियोजन गरेको छ ।
उत्पादन बढाउने र कृषिमा लागत घटाउने उद्धेश्यले किसानहरूलाई हाते ट्याक्टर (मिनीटिलर) प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखाले कृषिमा यन्त्रीकरण गर्न नगरपालिका क्षेत्र भित्रका कृषि समुहहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।
नगरपालिकाबाट गतबर्ष ३ वटा हाते ट्याक्टर वितरण गरेको कृषि शाखा प्रमुख वाग्लेले बताए । गोरुले जोत्दा दिनभर लाग्ने भए पनि ट्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ ।
यसले गर्दा कृषिको उत्पादनमा लागत घटाउँछ । कृषि उत्पादनमा यस्ता सामग्रीले सघाउ पुर्याउने उनले उल्लेख गरे । ट्याक्टरको सामाग्री विग्रिएमा तुरुन्तै मर्मत गरिदिने हाते ट्याक्टर विक्रेता कम्पनि श्रेष्ठ एग्री प्रालिले जनाएको छ ।
नगरपालिकामा ट्याक्टर लिन आएकी व्यास नगरपालिका– ११ बेलटारी स्थित शहनसिल कृषि समुहकी अध्यक्ष कृष्णदेवी बस्नेतले गोरुले दिनकै २ हजार भन्न थालेको अवस्थामा हाते ट्याक्टरले धेरै सहयोग पुग्ने बताइन ।
सानो सानो गरामा समेत जोत्न मिल्ने भएको हुदा हाते ट्याक्टर अति नै उपयोगी हुने देखिएको उनले बताइन । त्यस्तै व्यास-११ बेलटारि बाटै आएकी निरा थापाले हाते ट्याक्टरले खेतिपातिमा धेरै सहयोग पुर्याउने आशा लिएको बताइन ।
त्यस्तै व्यास-७ बाट आएका हरि बहादुर गुरुङले हाते ट्याक्टर पाएपछि खुशी लागेको बताए । “म कृषक हु, अब हाते ट्याक्टर पाएपछि झनै सहयोग हुने भएको छ,” उनले भने ।
“गोरु र हली खोज्दा नपाइने र पाए पनि महंगो हुने भएपछि ट्याक्टर लिन आएको गुरुङले बताए । उनले भने– ‘खेती गर्न समस्या हुँदै आयो, भनेको बेलामा न गोरु पाइन्छ, न त हली नै ।’ हाते ट्रयाक्टरमार्फत आफ्नो खेत बारी जोत्ने काम गर्ने र बचेको समयमा अरुलाई समेत कम मूल्यमा प्रयोग गर्न दिने सोच छ उनले भने ।
सम्बन्धित खबर
तनहुँको प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
तनहुँमा आठ जना जुवाडे पक्राउ
तनहुँका कृषि भण्डारबाट म्याद गुज्रेका विषादी बरामद
तनहुँका साहित्यकार आमोदीद्वारा ‘मत्स्यगन्धा महाकाव्य’को रचना
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु
तनहुँमा बालभिटा खुवाउन सुरु
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु