तनहुँको भन्सारमा रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो

तनहुँको भन्सारमा रुखमा झुन्डिएको अवस्थामा युवकको शव भेटियो

BHansar Bhanu Sucide Case

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर १ हात्तिचौर स्थित रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको छ ।

भानु नगरपालिका वडा नम्बर १ कटहरेका वर्ष २२ का विनोद लम्साल भन्सार हात्तीचौरमा सोमबार भेटिएका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

रुखमा झुन्डिएर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हिजो आइतबार देखि घरबाट सम्पर्क बिहिन भएका लम्साल आज सोमबार दिउँसो उक्त अवस्थामा भेटिएको हो ।

युवकको शव पोस्टमार्टमको लागि दमौली अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ