पोखरा । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा पुनर्निर्माण अभियान लिएर अनेरास्ववियु कास्कीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । पीडितको उद्धार तथा प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्ने उद्देश्यले मंगलबार १० दिनका लागि १५ जनाको टोली प्रस्थान गरेको अनेरास्ववियु कास्कीले जनाएको छ ।
टोलीले पीडित परिवारको घर पुनर्निर्माण तथा त्यहाँ स्थित केहि विद्यालय समेत पुनर्निर्माण गरेर फर्किने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए । ‘अनेरास्ववियु कास्कीको तर्फबाट पीडित परिवारको घर तथा बिद्यालय पुनर्निर्माण गर्ने उद्देश्यले आज हामी १५ जनाको टीम पर्सा आईपुगेका छौँ’ अध्यक्ष गौतमले भने, ‘हाम्रो टिम यहाँ १० दिनसम्म बसेर यहाँ भएका हाम्रा अनेरास्ववियुका साथीहरुसँग समन्वय गरी पीडित परिवारको घर पुनर्निर्माण गरेर फर्कन्छौँ ।’
अनेरास्ववियु कास्कीबाट गएको टोलीमा जनप्रिय, भानुभक्त र शहीद कृष्ण क्याम्पसका विद्यार्थीहरु छन् । टोलीलाई गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले पुनर्निर्माणका लागि आवश्यक गैँची, बेल्चा तथा आवश्यक औजार दिएर बिदाई गरेका थिए ।
‘हिमाल, पहाड या तराई देशको जुनसुकै भु—भागमा प्राकृतिक या अन्य कारण जस्तो सुकै बिपद् परेपनि हामी सबै नेपालीहरु एकजुट भएर त्यसको समाधान खोज्नु पर्छ’ त्यहाँ पुगेपछि गौतमले गण्डकन्यूजसँग भने, ‘हाम्रो टोली यहाँ आईपुगेर प्रभावित क्षेत्रतर्फ पनि पुग्यो । यहाँ अहिले पीडितहरुलाई बस्ने तथा खाने व्यवस्था स्थानिय सरकारले गरेको रहेछ । भत्किएका भौतिक संरचना लथालिंग अवस्थामा छ । त्यसैले सुरुमा हामी भोलिदेखि नै यहाँको फोहोर व्यवस्थापनमा लाग्छौँ अनि मात्रै पुनर्निर्माणको काम । ’
अनेरास्ववियूका रियाज तिमिल्सिना, मनोज पहारी लगायत टोलीमा सहभागीहरुले त्यहाँको अवस्था निकै दुःखद रहेको जानकारी दिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान