गण्डकी प्रदेश सरकार मातहत नयाँ कार्यालय: स्वास्थ्य कार्यालय तनहुँको उद्घाटन

गण्डकी प्रदेश सरकार मातहत नयाँ कार्यालय: स्वास्थ्य कार्यालय तनहुँको उद्घाटन

Health off s


किरण श्रेष्ठ, तनहुँ ।
गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय तनहुँको उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँ अब गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।

नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले मंगलबार उद्घाटन गरे । कार्यालयमा जनस्वास्थ्य अधिकृत सहित १४ कर्मचारीको दरबन्दी छ ।

प्रदेश सरकार मातहत रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालिम सञ्चालन, औषधि आपुर्तिसँगै अन्तरपालिका समन्वयको काम गरिने स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

कार्यालयको उद्घाटन गर्दै मन्त्रालयका सचिव पौडेलले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए ।

दुरदराजमा गएर सेवा गर्ने स्वास्थ्य स्वमसेविका डक्टर समान भएको उनले बताए । काम गरे अनुसार पारिश्रमिक दिन नसकिएको र यस विषयमा मन्त्रालयमा छलफल भईरहेको पौडेलले बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्माले स्वास्थ्य कार्यालय विघटन हुदा भएको अन्यौलता अब हटेको बताए । जिल्लामा हुन सक्ने महामारी संगै अन्य रोगहरु व्यवस्थापन गर्न अब अहज हुने प्रजिअ शर्माले बताए ।

कार्यालय लाई आवश्यक कर्मचारीको पदपूर्ति चाडै गर्नुपर्ने शर्माले बताए । जनता लाई छिटो सेवा प्रदान गर्नको लागि संघियता लागु भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । स्वास्थ्य अति संवेदनशील क्षेत्र हो त्यसैले हरेक जिल्लामा स्वास्थ्य कार्यालय हुन पर्ने भएकोले स्वास्थ्य स्थापना गरिको प्रमुख वाग्लेले बताए ।

“अब नजिकको सरकारलाई कार्यालय हस्तान्तरण हुनुपर्छ अनि मात्रै सेवा चाडै सेवा प्राप्त गर्न सक्छौ ।”, जिसस प्रमुख वाग्लेले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदिप अधिकारि, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख रमेश प्रसाद अधिकारिले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महिला स्वास्थ्य स्वयंसेविका र प्रारम्भिक बालविकासका सहजकर्तालाई सम्मान

महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

मंगलबार स्वास्थ्य कार्यालय उद्घाटन समारोहमा महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरिएको हो ।


गण्डकी प्रदेशको १० लाख बजेटबाट प्रदेशभरका ८५ वटा स्थानिय तहका प्रत्येक स्थानिय तहका १ जना महिला स्वास्थ्य स्वयंसेविका र १ जना प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

तनहुँको १० वटा स्थानिय तहका २० जना महिला स्वास्थ्य स्वयसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरिएको हो ।

महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुले गरेको उत्कृष्ट कामका आधारमा उनीहरु लाई सम्मान गरिएको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्थानिय तहको छनौट समितिबाट नै छनौट भएर आएको महिला स्वास्थ्य स्वयसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरु लाई मन्त्रालयए जनाएको छ ।  मुल्याङकन गर्दा भेदभाव भएको र समन्वय गर्दा राम्रो संग नगरिएको भन्दै सेतो गुरास बालविकासकी सहजकर्ता सरिता भण्डारीले दुख व्यक्त गरिन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ