पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशिल परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । उर्जा ल्याबको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको हो ।
चैत्र २१ देखि २३ गतेसम्म लेकसाइडस्थित होटल स्नोल्याण्डमा कार्यक्रम हुनेछ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जा्शिल युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधानबारे अन्र्त्क्रिया समेत हुने आयोजक उर्जा ल्याबका कार्यकारी निर्देशक विवेक सापकोटाले जनाए ।

३ दिन सम्म चल्ने उक्त कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सम्यन्त्रहरुको बारेमा प्रतियोगिता हुनेछ । कार्यक्रमको अन्तिम दिन अर्थात चैत्र २३ मा पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार, जहाँ पोखरा लगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल रहने आयोजकको जानकारी छ ।

कार्यक्रमलाई सफल पार्न नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हम्सा वेयर्स, डब्लुपी ट्राभल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, नेपाल ट्रिबुन मिडिया, सिओटिएस पश्मिाञ्चल क्याम्पस, डाटसन, कट्स–डब्लु.आर.सी., होटल बाराही, होटल हिमालयन भ्याकेसन, ब्याञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायतका संस्थाहरुले साथ दिएका छन् ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो