पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशिल परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । उर्जा ल्याबको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको हो ।
चैत्र २१ देखि २३ गतेसम्म लेकसाइडस्थित होटल स्नोल्याण्डमा कार्यक्रम हुनेछ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जा्शिल युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधानबारे अन्र्त्क्रिया समेत हुने आयोजक उर्जा ल्याबका कार्यकारी निर्देशक विवेक सापकोटाले जनाए ।

३ दिन सम्म चल्ने उक्त कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सम्यन्त्रहरुको बारेमा प्रतियोगिता हुनेछ । कार्यक्रमको अन्तिम दिन अर्थात चैत्र २३ मा पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार, जहाँ पोखरा लगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल रहने आयोजकको जानकारी छ ।

कार्यक्रमलाई सफल पार्न नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हम्सा वेयर्स, डब्लुपी ट्राभल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, नेपाल ट्रिबुन मिडिया, सिओटिएस पश्मिाञ्चल क्याम्पस, डाटसन, कट्स–डब्लु.आर.सी., होटल बाराही, होटल हिमालयन भ्याकेसन, ब्याञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायतका संस्थाहरुले साथ दिएका छन् ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते