तनहुँ । तनहुँको खैरेनिटारमा तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्ला गण्डकी नगरपालिकाको आयोजनामा ११औं खैरेनिटार महोत्सव चैत २२ गतेदेखि सुरु हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरि चैत २२ गते देखि वैशाख ३ गते सम्म महोत्सव हुने आयोजकले जनाएको छ ।
“आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन खैरेनिटार महोत्सव कला, सिप र संस्कृतिको संरक्षण” भन्ने मुल नाराका साथ महोत्सव आयोजन ग्रण लगिएको आयोजकले जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ खैरेनिटार बजार इकाईका सभापति पुर्ण बहादुर कायस्थको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन भएको थियो । कार्यक्रमको प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ रहेका थिए । सो अवसरमा श्रेष्ठले संस्कृति र संस्कारको संरक्षण गर्न महोत्सव आवश्यक रहेको बताए ।
स्थानीय उत्पादन लाई बजारिकरण गर्न समेत महोत्सवले सहयोग पुर्याउने उनले बताए । महोत्सवमा खेलकुद प्रतियोगिता हुने जसमा भलिबल प्रतियोगिता, खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने महोत्सवका प्रवक्ता हरि बहादुर थापाले बताए । प्रदेश स्तरीय गायन प्रतियोगिता समेत हुने थापाले बताए ।
रतौली नाच समेत जगेर्ना गर्ने उद्देश्यले रतौली समेत हुने आयोजकले जनाएको छ । सास्कृतिक संगै युवाका लागि कन्सर्ट समेत हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत पर्यटकीय स्थान लाई प्रचार गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा सर्पको प्रकार र सचेतना संगै डढेलो न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम गरिने प्रवक्ता थापाले बताए । कृषि लाई विशेष प्राथमिकतामा राखिएको र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत महोत्सवले सहयोग पुर्याउने आयोजकले जनाएको छ ।
महोत्सवमा ४ करोड ७५ लाखको आर्थिक कारोबार हुने र २ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाई रहेको छ । महोत्सवको फाइदा रकमले सामाजिक विकास कोष स्थापना गर्ने र सामाजिक क्षेत्रमा अझै सक्रिय भएर काम गर्ने महोत्सवका प्रवक्ता थापाले बताए ।
महोत्सवमा २२५ विभिन्न स्टलहरु रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा सुरक्षा व्यवस्था एकदम कडा हुने र दर्शक ढुक्क भएर महोत्सव अवलोकन गर्न आउन आयोजकले आग्रह गरेका छ्न ।
स्थानीय व्यापारी लाई स्टलमा ५० प्रतिशत छुट दिइएको महोत्सवका प्रवक्ता हरि थापाले जानकारी दिए । दर्शक सहित महोत्सवको इन्स्योरेन्स गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन