अमेरिकाको न्यूयोर्क शहरका १४ वर्षीय बालक ग्रिफिन स्पिकोस्कीले भिडियो गेम खेलेर नै एक वर्षमा २ लाख अमेरिकी डलर कमाएका छन् । सन् २०१८ मा उनले भिडियो गेम खेलेर नै २ करोड २२ लाख नेपाली रुपैयाँभन्दा बढी कमाइ गरेका हुन् । गिफ्रिन हरदिन ८ घण्टा भिडियो गेम फोर्टनाइट खेल्छन् । उनी आफ्नो भिडियो आफ्नै यूट्यूब च्यानल स्केप्टिकमा नियमित राख्छन् ।
उनको च्यानलमा विज्ञापनदाता र प्रायोजकको माध्यमबाट लगातार कमाइ हुने गरेको छ । ग्रिफिनको च्यानललाई १२ लाखले सब्स्क्राइब गरेका छन् । उनको भिडियोलाई ७.१ करोड भ्यू मिलिसकेको छ । उनका अभिभावकका अनुसार, गिफ्रिनको ध्यान भिडियो गेममा नै हुने गर्दछ ।
रिपोर्टहरुका अनुसार, ग्रिफिनको कमाइ देखेर उनका अभिभावकले आर्थिक सल्लाहकार र लेखापाल पनि राखेका छन् । पछिल्लो वर्ष उनले चिनिएका र चर्चित फोर्टनाइट गेमका खेलाडीलाई हराएपछि उनी चर्चामा आएका थिए । उनको त्यो भिडियोलाई यूट्युबमा ७५ लाख बढीले हेरेका थिए, जसबाट ग्रिफिनले सय डलरको पहिलो कमाइ गरेका थिए ।
एक अन्तर्वार्तामा ग्रिफिनका अभिभावकले आफ्नो छोराको गेमप्रतिको लगावलाई देखेर उच्च माध्यमिक विद्यालयबाट निकालेको बताएका थिए । ग्रिफिन अहिले अनलाइनको माध्यमबाट पढाइ गरिरहेका छन् । अभिभावकका अनुसार, ग्रिफिनले ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न शुरु गरेका थिए । उनका आफन्तहरु गेममा कुनै भविष्य नभएको बताउने गर्दथे । तर अहिले ग्रिफिनला
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो