तनहुँ । तनहुँको बरचौरमा ट्याक्सी र पिकअप भ्यान ठोक्किदा चालक सहित ४ जना घाइते भएका छ्न ।
पोखराबाट दमौलीतर्फ आउदै गरेको ग १ ज १८१९ नम्बरको ट्याक्सि र दमौलीबाट पोखरा तर्फ जादै गरेको बा ६ च २९६ नम्बरको पिकअप भ्यान ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ

म्याग्दे गाउँपालिका वडा नम्बर १ बरचौरमा शुक्रबार पिकअप भ्यान र ट्याक्सि एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
ट्याक्सी तिब्र गतिमा रहेको कारण अर्को साइड तर्फ गई पिकअप भ्यान लाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि घाइते हुनेमा ट्याक्सिमा सवार चितवनको खैरेनीटार नगरपालिका-८ बस्ने वर्ष ४६ का देउ बहादुर पुन, वर्ष ४५ कि बुद्धिमाया पुन, वर्ष ४० की राजकुमारि पुन र ट्याक्सि चालक पोखरा महानगरपालिका-१० बस्ने वर्ष ४५ का ढाकाराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते लाई दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन पठाइएको प्रहरीले जनाएको छ ।
ट्याक्सि चालक भने सामान्य उपचार पछि अहिले प्रहरी कार्यलयमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ट्याक्सि र पिकअप भ्यान दुबैको अगाडि भागको दाइने साइड र टायरम क्षति भएको प्रहरीले जनाएको छ ।
ट्याक्सि, पिकअप भ्यान सहित चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?