तनहुँ । तनहुँको बरचौरमा ट्याक्सी र पिकअप भ्यान ठोक्किदा चालक सहित ४ जना घाइते भएका छ्न ।
पोखराबाट दमौलीतर्फ आउदै गरेको ग १ ज १८१९ नम्बरको ट्याक्सि र दमौलीबाट पोखरा तर्फ जादै गरेको बा ६ च २९६ नम्बरको पिकअप भ्यान ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ

म्याग्दे गाउँपालिका वडा नम्बर १ बरचौरमा शुक्रबार पिकअप भ्यान र ट्याक्सि एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
ट्याक्सी तिब्र गतिमा रहेको कारण अर्को साइड तर्फ गई पिकअप भ्यान लाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि घाइते हुनेमा ट्याक्सिमा सवार चितवनको खैरेनीटार नगरपालिका-८ बस्ने वर्ष ४६ का देउ बहादुर पुन, वर्ष ४५ कि बुद्धिमाया पुन, वर्ष ४० की राजकुमारि पुन र ट्याक्सि चालक पोखरा महानगरपालिका-१० बस्ने वर्ष ४५ का ढाकाराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते लाई दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवन पठाइएको प्रहरीले जनाएको छ ।
ट्याक्सि चालक भने सामान्य उपचार पछि अहिले प्रहरी कार्यलयमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ट्याक्सि र पिकअप भ्यान दुबैको अगाडि भागको दाइने साइड र टायरम क्षति भएको प्रहरीले जनाएको छ ।
ट्याक्सि, पिकअप भ्यान सहित चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ