तनहुँ । तनहुँको व्यास-१ स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरु संग पत्रकार एवं लेखक जगत नेपालले आफ्ना अनुभव व्यक्त गर्दै अन्तरक्रिया गरेका छ्न ।
रत्न राज्य क्याम्पसका पत्रकारिता विषयका उपप्राध्यापक तथा कान्तिपुर टिभिका पत्रकार एवम् ‘विपीको विद्रोह’, ‘पहिलो संसद विपी महेन्द्र टकराव’, ‘सदन सत्ता र सडकमा नेपाली कांग्रेस’ जस्ता अनुसन्धानात्मक कृतिका लेखक जगत नेपालले विहिवार साझ र शुक्रवार विहान शिक्षा शास्त्र संकाय र व्यावस्थापन संकायमा स्नातकोत्तर तहका विद्यार्थीहरु लाई अतिथि प्राध्यापकका रुपमा शिक्षण गरेका छ्न ।

शिक्षणका क्रममा नेपालले व्यावसायिक पत्रकार र प्राध्यापक भएर कार्यरत रहदा आफुले भोगेका चुनौति र सफल जीवनका सुत्र बताएका थिए ।
नेपालले आफुले चौथो र पछिल्लो पुस्तक ‘विपीको विद्रोह’मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका राजनीतिक जीवनका लुकेका पाटा र विद्रोहका आयामहरुलाई पुस्तकमा समेटन खोजेको बताए ।
वीपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्ष, कदम र विद्रोहका क्रममा झेल्नुपरेका संकटबारे सुक्ष्म रुपमा केलाउन गहिरो शोधको चेतना र लगनले मात्र सम्भव भएको उनले बताए ।
विगतमा पत्रकारिता विषयमा त्रिविबाट उच्च अंक ल्याएर स्नातकोत्तर तहमा सर्वोत्कृष्ट गोल्डमेडालिस्ट विद्यार्थी बनेका नेपालले विद्यार्थीहरुले राखेको जिज्ञासामा लक्ष्य निर्धारण गरेर मेहनत र इमानका साथ अघि बढ्न सकेमा जुनकुनै तहको अध्यनमा सफल हुन सक्ने बताए ।
समयको महत्व वुझेका र विद्यार्थीको भविष्यबारे जिम्मेवार र शोधकार्यमा लागिपर्ने तथा सुचना प्रविधिको ज्ञान भएको प्राध्यापक मात्र सफल मानिन सक्ने नेपालले बताए ।
प्रश्नको उत्तर दिदै नेपालले भने, “मैले कान्तिपुर टिभिका लागि गिरिजा प्रसाद कोइरालासंग गरेको अन्तरवार्तामा उठेका हवाइ अपहरण र नक्कलि नोट छपाइका प्रसंगका कारण भारतीय मिडियाले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका बारेमा उछालेका विवादका कारण उक्त अन्तरवार्ताको प्रशारण विचैमा प्रशारण बन्द गर्नु परेको थियो ।” उनले भने,”पत्रकारितामा जोखिम मोल्न तयार रहनुपर्छ ।”
पुर्व विद्यार्थी नेता समेत रहेका नेपालले नेताका पछि लागेर अध्यनको समय खेर नफाल्न सुझाव दिए ।
देशको राजनितिमा पात्र बदलिएको तर सवै पार्टीका नेताहरुको प्रवृत्ति नबदलिएको उनले बताए । देशमा न्याय शान्ति र विकासका मुद्धा ज्यूदै रहेको र वर्तमान व्यवस्था विरुद्धका अवाज घनिभुत हुने नेपालले बताए ।
पत्रकार एवं लेखक नेपाललाई क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले स्वागत गरेका थिए भने क्याम्पस प्रमुख महाप्रसाद हडखलेले नेपालको परिचय गराएका थिए ।
कार्यक्रममा संचालक समितिका सदस्य, जिल्लाका पत्रकार, अभिभावक र प्राध्यापकहरु समेतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’