पोखरा । जब ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा, म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा’ भन्दै पोखराको सभागृहकै स्टेजमा चर्चित गायक प्रमोद खरेल आईपुगे तब खरेलकै प्रतिक्षामा बसिरहेका हजारौँ दर्शकहरुले हुटिङ र तालिले स्वागत गरिहाले । स्टेजमा आउनु बित्तिकै आम दर्शकलाई आफ्नो स्वरको जादुले लठ्ठ पारिरहेका खरेलले २/४ ओटा गित गाउने बित्तिकै आफु सँगै आफ्नो प्रतिभामा झुमिरहेका हजारौँ पोखरेलीहरुको अनुहार एकै चोटि निभ्न लागेको बत्ति जस्तै मलिनो बनाई दिए ।
कारण थियो, ‘सभागृहको स्टेज पछाडी रहेकोे इलेक्ट्रिक स्क्रिनमा देखिएको स्व. रवीन्द्र अधिकारी मुस्कुराई रहेको तस्बीर !’ भित्तामा मुस्कुराई रहेका स्व. अधिकारीको फोटो देखिने बित्तिकै प्रमोद खरेल मलिन स्वरमा एकनारायण भण्डारीको ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ, कुनै मोडमा साथि पाईदो रहेछ, कुनै मोडमा साथि गुमाईदो रहेछ’ गीत गाउन सुरु गरे ।
स्टेजमा आउने बित्तिकै दर्शकहरुलाई मनोरञ्जन दिन सुरु गरेका खरेलले उक्त गित गाउने बित्तिकै सम्पूर्ण दर्शकहरुको आँखा रसाउन थाल्यो । हुटिङले र तालिले साथ दिई रहेका सम्पूर्ण दर्शकले प्रमोदले गाएका ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ’ गित पछि सभागृह हल नै एकाएक सुनसान भएको थियो ।
अघिल्लो महिना ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीको दुखद निधन भएको थियो । दुर्घटनामा निधन भएपछि मन्त्री अधिकारी अहिले सम्पूर्ण नेपाली र पोखरेलीहरुका लागि याद र कल्पनामा मात्रै सिमित बनेका छन । ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम बार्दली मिडिया प्रालिले आयोजना गरेको थियो । कार्यक्रममा प्रमोदसँगै मिना निरौलाले तथा हाँस्य कलाकार मनोज गजुरेलको समेत प्रश्तुती राखेका थिए ।
भिडियो :-
https://www.facebook.com/gandaknews/videos/1971839696259647/
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’