पोखरामा अनलाइन पत्रकार संगठित, अध्यक्षमा बराल

पोखरामा अनलाइन पत्रकार संगठित, अध्यक्षमा बराल

online journalist

पोखरा, २३ चैत । अनलाइन समाचारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि पोखराका अनलाइन पत्रकारहरु संगठित भएका छन् । पोखरामा कार्यालय राखेर विधिवत् रुपमा दर्ता भई सञ्चालित अनलाइनकर्मीहरू शनिबार संगठित भएर अघि बढ्ने निर्णय गरेका हुन् ।

पोखरेली अनलाइन पत्रकारको शनिवार पोखरामा बसेको एक भेलाले पोखरान्यूज डट कमका सम्पादक गणेश बराल (ढाकामोहन) को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन गरेको छ । उपाध्यक्षमा सरिता तिम्सिना पंगेनी (पोखरापोष्ट डट कम), सचिवमा बालकुमारी पौडेल ‘तारा’ (सिटीपोखरा डट कम) सहसचिवमा नरहरि पौड्याल (शुभेच्छान्यूज डट कम), कोषाध्यक्षमा सुनिल पाण्डे (नेपालदूत डट कम) रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा नरमाया रसाईली (नेपालप्लसरेडियो डट कम), अश्विन दानी (गण्डकन्यूज डट कम), अरुण गिरी (जक्शन डट कम), रोहित बस्नेत (पोखरा टुरिज्म न्यूज डट कम), सन्तोष बस्याल(परिचय नेटवर्क डट कम), प्रह्लादचन्द्र घिमिरे (समाचारपाटी डट कम) चयन भएका छन् ।

समितिको सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष केशव पाठक, पत्रकार रामजी प्रसाद लम्साल, नेपाल फोटो पत्रकार महासंघ कास्कीका सचिव दुर्गा प्रसाद पौडेल, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विक, पत्रकार सागरराज तिमिल्सिना र पत्रकार प्रकाश ढकाल रहेका छन् ।

समितिले जिल्ला प्रशासन कार्यालय कास्कीमा विधान दर्ता गरी अन्य अनलाइनकर्मीलाई सदस्यता प्रदान गर्दै अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । पोखरामा रहेर संचालित अनलाइनलाई समेटेर गठन भएको यो समितिले आगामी दिनमा गण्डकी प्रदेश र पोखरामा रहेर विधिवत् रुपमा दर्ता भई अनलाइनमा सक्रिय रुपमा आबद्ध सबै पत्रकारलाई समेट्ने अध्यक्ष बरालले जानकारी दिए । पत्रिका र रेडियोले सञ्चालन गरेका समाचारमूलक वेबसाइट भने समावेश गरिएको छैन ।

अनलाइनका समस्यालाई एकीकृत रुपमा अगाडि बढाउन समिति गठन गरेको अध्यक्ष बरालले जानकारी दिए । पछिल्लो समय अनलाइन पत्रकारिताको महत्व बढ्दै गएको तर अनाधिकृत र अव्यवस्थित रुपमा चलाईएका अनलाइनले राज्यको नियमनमा रहेर सञ्चालित अनलाइनको स्तरलाई समेत खस्काउने काम भइरहेकोले अनलाइन पत्रकारिता व्यवस्थित र मर्यादित बनाउन एकजुट हुनुपरेको उनले बताए ।

अनलाइनलाई सञ्चालन गर्न बर्तमान समयमा कठिनाइ रहेको र सरकारले कानुनको दायरा बनाएपनि कानुनको परिधिभित्र ल्याउन अझै नसकेको र जुन कानुनी दायरामा छन् ति अनलाइनका समस्याहरुलाई सम्बोधन नगरेको उनले बताए । अनलाइनपत्रकारितासँग सम्बन्धित विविध समस्यासँग जुधेर काम गर्न सबै एक हुनुपर्ने उनको भनाई छ ।

शनिवार सम्पन्न भेलाले सरकारले अझै पनि छापा र इलेक्ट्रोनिक मिडिया सरह अनलाइन मिडियालाई सम्बोधन गर्न नसकेको, सूचना विभागमा आधिकारिकता नपाएकालाई भन्दा पनि आधिकारीक रुपमा अगाडि बढेकालाई कस्ने काम भएको, डलर कमाउनका लागि खोलिएका अनलाइनले गर्दा नियमनमा रहेर समाचार सम्प्रेषण गर्ने अनलाइनलाई समेत आम नागरिकले स्विकार्न नसकेको, समाचार अनलाइनको शेयर गर्नुपर्ने तर विज्ञापनका लागि अझै नपत्याउने गरेको लगायतका समस्याहरु रहेको निश्कर्ष निकालेको छ ।

पोखरामा कार्यालय रहने उल्लेख गरेर प्रेस काउन्सिलमा सूचिकृत र सूचना विभागमा दर्ता भएका अनलाइन साइटहरु निम्नानुसार छन् । (पत्रिका र रेडियोसँग सम्बन्धित बाहेक, श्रोतः सूचना विभाग अनलाइन)

1. www.gandaknews.com Ranjan Adhikari
2. www.pokharanews.com Dhaka Mohan Baral (Ganesh)
3. www.ourallnews.com Prem Bahadur Nepali
4. www.recentfusion.com Rup Narayan Dhakal
5. www.nepaldut.com Phadindra adhikari
6. www.parichaynetwork.com Sovit Basyal
7. www.pokharapost.com Sarita timsina
8. www.pokharasports.com Keshav Pathak
9. www.subhechhanews.com Narhari Poudyal
10. www.jukson.com Bhupal Kumar Gurung
11. www.sabaikoaawaj.com Tara Devi Dube
12. www.pokharatourismnews.com Rohit Basnet
13. www.todaypokhara.com Manoj Gharti Magar
14. www.citypokhara.com Balkumari Poudel
15.  www.samacharpati.com Prahlad Chandra Ghimire
16. www.gandakiupdate.com Jayanti Shrestha (Anisha)
17. www.shuvanews.com Bishworaj Subedi
18. www.nepalplus.com Naramaya Rasayali
19. www.atozpatrika.com Dinnath Baral
20.  www.peacepokhara.com Gokul Baniya
21. www.peoplesdailynepal.com Bishow Darshan Parajuli
22. www.falanonews.com Apil Tripathi
23. www.gaulemedia.com Basanta Ranabhat
24. www.nepalakhabar.com Jainab Khatun
25. www.nepalipath.com Govindaraj K.C.
26. www.kaskinews.com Raju Giri

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds