सूर्य तिमिल्सिना, मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कृषकहरुका लागि आधुनिक मिनि टिलर अर्थात हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले कृषिमा आधुनिकि कारण ल्याउने उदेश्यले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो ।
गाउँपालिका स्थित कृषि शाखा कागबेनीमा एक कार्यक्रम गरि कृषकहरुलाई १३ थान हाते ट्रयाक्टर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले बताए । गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले कृषकहरुलाई आधुनिक कृषि यन्त्र बितरणबाट थोरै लगानीमा धेरै उत्पादन हुने बिश्वास व्यक्त गरे । साथै आधुनिक यन्त्रको प्रयोग संगै परम्परागत शैलीलाई समेत बिर्सन नहुनेमा जोड दिए । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएका हाते ट्रयाक्टरले कृषकहरुका लागि खोनजोत गर्न सजिलो हुनुका साथै कृषि उत्पादनमा पनि वृद्धि हुने कृर्षकहरु बताउँछन् ।
पोखराबाट प्राबिधिक बोलाएरै सिप हस्तान्तरण
साथै हाते ट्रयाक्टर वितरण पश्चात पोखराबाट मेकानिक्स बोलाएरै कृषकहरुलाई त्यसको प्रयोग तथा सामान्य समस्या आउँदा मर्मत गर्नको लागि समेत सिकाइएको छ । कृषि शाखा प्रमुख खड्क भण्डारीका अनुसार गाउँपालिकामा हाते ट्रयाक्टर संग सम्बन्धित प्राबिधिक नभएकोले कृषकहरुको सहजताका लागि पोखराबाट प्राबिधिक बोलाएर उनीहरुलाई यसको प्रयोग गर्न समेत सिकाइएको हो । यसबाट गाउँपालिकाको कृषि उत्पादनम समेत टेवा पुग्ने बिश्वास लिइएको छ ।

सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा