तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले आफ्नो तलबबापत आउने रकम व्यास-५ आफ्नै वडाको विद्यालय र बाराका हुरी प्रभावितलाई सहयोग गरेका छन् ।
व्यास-५ को शुक्र आधारभुत विद्यालयमा शनिबार भएको अभिभावक भेलाका क्रममा वडाअध्यक्ष श्रेष्ठले १ वर्ष सम्मको तलब मध्ये मासिक १० हजारको दरले १ लाख २० हजार सोहि विद्यालयमा आगामी शैक्षिक सत्रबाट अंग्रेजी शिक्षक राख्न सहयोग गर्ने घोषणा गरेका छन् ।
“अब २०७६ साल वैशाख देखि हरेक महिनाको मेरो तलबबाट १० हजार शुक्र आधारभूत बिद्यालयको अंग्रेजी शिक्षक लाई तलब दिनेछु”, वडाअध्यक्ष श्रेष्ठले भने ।
त्यस्तै सोहि अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले आफ्नो एक महिनाको तलब १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।
श्रेष्ठले प्रदेश नम्बर २ को मुख्यमन्त्रि राहात कोषमा उक्त रकम जम्मा गर्ने बताए । “सामुदायिक विद्यालय प्रति विश्वास घटेको छ, अब सो विश्वास सर्वसाधारण माझ फर्काउनु छ ।”, वडाअध्यक्ष श्रेष्ठले भने । सामुदायिक विद्यालयमा सुधारको लागि अंग्रेजी शिक्षक आवश्यक रहेको श्रेष्ठले बताए ।
“बोर्डिङ्ग स्कुलमा चाहिने भन्दा बढि बालबालिका भर्ना हुने तर सामुदायिक विद्यालयमा भने शिक्षाको गुणस्तर कमजोर हुदा बिद्यालय शुन्यको अवस्थामा पुगेको छ ।”, वडाअध्यक्ष श्रेष्ठले भने ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?