पोखरा । सरकारले नेत्र बिक्रम चन्द –विप्लव) समूहलाई राजनीतिक प्रतिवन्ध नलगाएको दावी गर्दै गृहमन्त्री रामबहादुर थापाले उक्त समूहले गरेका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि मात्रै प्रतिवन्ध गरेको प्रस्टाएका छन् । आइतबार गृह मन्त्रालयद्वारा आयोजित दुई दिने गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले विप्लव समूहले गैरकानूनी गतिविधि छाडेर राजनीतिक मूल धारमा आउन चाहेमा सरकारले स्वागत गर्ने बताएका छन् ।
‘विप्लव समूहलाई मूल राजनीतिक धारमा ल्याउन छलफल अगाडि वढिरहेको छ’ मन्त्री थापाले भने, ‘विप्लव समूहलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाएको छैन । उनीहरुका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि प्रतिवन्ध हो । यदी विप्लव समूह राजनीतिक मूल धारमा आउन चाहेभने सरकारले सदाका लागि वाटो खुला राखेको छ ।’ विप्लव समूहपनि सीके राउत जसरी नै मूलधारको राजनीतिमा आएर शान्तिपूर्ण रुपमा आफ्ना मुद्दाहरु उठाउन सक्ने उनको भनाई छ । सरकारले एक बर्षे अवधिमा नै देशमा शान्ति सुरक्षा कायम राख्न सफल भएको उनले दाबी गरे ।
सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री थापाले जुनसुकै परिस्थितीको सामना गर्न सुरुक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको समेत बताएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’