तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १४ रुम्सीबाट चितुवाको आक्रमणबाट घाइते रतुवा मृगको उद्धार गरिएको छ ।
बस्ती नजिकै रहेको सामुदायिक बनबाट आएको रतुवालाई स्थानीयबासीले उद्धार गरेका थिए ।
बस्तीमा रतुवा देखेपछि स्थानीयले उद्धार र डिभिजन बन कार्यालय तनहुँलाई खबर गरेका थिए ।
रुम्सी सामुदायिक बन अन्तर्गत गठन गरिएको चोरी शिकार नियन्त्रण प्रतिरोध इकाईद्वारा उक्त रतुवाको उद्दार गरिएको हो ।
गैसस समन्वय समिति, डब्लुडब्लुएफ, हरियो बन कार्यक्रम दोस्रो अन्तर्गत डिभिजन बन कार्यालय तनहुँ लिई रतुवा हस्तातरण गरिएको हो ।
सामन्य उपचार कार्यालयमा गरिएको र थापा उपचारको लागि पोखरा स्थित रेस्क्यु सेन्टर लैजाने सहायक बन अधिकृत बाबुराम उप्रेतीले बताए ।
“उपचार पश्चात पोखराको रेस्क्यु सेन्टरमा नेचुरल बन बनाइएको छ त्यहि राखिनेछ”, सहायक बन अधिकृत उप्रेती भने ।
पोल खुल्ने र कारबाही हुने दरले वन्यजन्तु भेटिएको अवस्थामा प्रहरी र वन प्राबिधिकलाई सूचना आउन थालेको सहयाक वन अधिकृत उप्रेतीले बताए ।
उनका अनुसार बन्यजन्तु संरक्षणमा स्थानीयले महत्वपुर्ण भूमिका खेलेको बताउँदै बन्यजन्तुको चोरीशिकारीको जानकारी समेत स्थानीयस्तर बाटै आउन थालेको बताए ।
उद्धार गरिएको रतुवाको बाहिरी भाग अन्तर्गत आखा नजिक, घाटी र ढाडमा केहि चोट देखिए उप्रेतीले बताए । “उमेर यति नै भन्न सकिदैन तर अलि बुढो नै भैसकेको देखिन्छ”, सहायक बन अधिकृत उप्रेतीले बताए ।
चितुवा, रतुवा सहितका बन्यजन्तुको चोरीशिकारीमा संलग्न भएकालाई प्रहरी र बन कार्यालयले अदालतमा पेश गरेपछि बस्तीमा भेटिएका बन्यजन्तुलाई समेत स्थानीयले संरक्षण गर्ने गरेका छन् ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन