पोखरा । हिउँदे अबिधेशन सुरु भएयता गण्डकी प्रदेशसभा बैठक नियमित हुन सकेको छैन । चैत्रमा १ र १० गते गरी जम्मा २ पटक मात्र बैठक चल्यो । त्यसपछि सभामुखले १९ गते बैठक बोलाए तर, प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी दियो । त्यसपछि २७ गते बैठक चल्ने भनियो, तर आज पनि बैठक बस्दैन । सदनले विजनेश नपाउँदा लगातार संसद बैठक चल्न सकेको छैन ।
आजको बैठक बस्नका लागि तयारी पनि गरिएको हो । प्रदेशसभा बैठकलाई विजनेश दिनका लागि मंगलबार बिधायन समितिको बैठक पनि बसेको थियो । तर, बैठकले बिधायन समितिका अड्किएका तीनमध्ये एउटा बिधेयक पनि टुङ्गो लगाउन सकेन ।
बिधायन समितिमा बर्षे अधिवेशनमा दफाबार छलफल पठाईएको ‘प्रदेशसभा’ सचिवालय सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक’ सहित ‘प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ र ‘सूर्तिजन्य पद्धार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ रहेका छन् ।
संसद सचिवालयमा पेण्डिङ विधेयक पनि छैनन् र विधायन समितिबाट पनि कुनै विधेयक प्राप्त भएको छैन । सूर्तीजन्य पद्धार्थ सम्बन्धीको विधेयकमा छलफल भए पनि सहमति नजुटेको बताइन्छ । सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत कि ९० प्रतिशत विज्ञापन राख्ने भन्ने विषयमा छलफल केन्द्रित गरिएकोमा बैठकमा टुंगो नलागेको एक सदस्यले बताएका छन् । नयाँ वर्ष, चाडपर्व, मुख्यमन्त्री पनि कार्यक्रमका लागि काठमाण्डौं जाने भएकाल वैशाख पहिलो हप्ता अघि टुंगोमा नपुग्ने निश्चित भएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु