गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा ज्यान गएको छ । आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
थुलुङ आफ्नी श्रीमती सहित स्कुटरमा थिए । प्रहरीका अनुसार दुर्घटनापछि थुलुङ नहरकुलोमा परेका थिए । रातको समयमा ठूलो पानी भेलको नहरमा परेका थुलुङ साढे १० बजेतिर दुईकुलाको मुहानमा भेटिएका थिए । वडा प्रहरी कार्यालय रामबजारको टोलीले थुलुङलाई क्षेत्रीय अस्पताल पु¥यायो । तर अस्पतालले मृत घोषणा ग¥यो । थुलुङकी श्रीमती भने सकुशल छन् ।
५० वर्षका थुलुङको योगदान पोखराको संगीत क्षेत्रमा अतुलनीय रहेको संगीतकर्मी श्यामलाल श्रेष्ठ बताउँछन् । निकै नजिकको सम्बन्धमा रहेका श्रेष्ठले अकल्पनीय दुर्घटनाले स्तब्ध पारेको सुनाए । राति १० बजेतिर मात्रै थाहा भएर अस्पताल पुगेर फर्केका उनले भोलि मात्रै पोष्टमार्टम पछि अन्त्येष्टि गरिने जनाए ।
पूर्वबाट दुई दशक अघि पोखरा आएका थुलुङले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी थुप्रै संगीतसाधकलाई जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि गर्दै आएका थिए । यहाँका सांगीतिक कार्यक्रमहरुमा आफै हार्मोनियम, तबला लिएर उनी पुग्थे ।
गायक बिनोद बानियाँ, गायिका इतु जोजिजू, गायक योगेशकाजी, गायक अनुज कुलुङ लगायतले घटनाबाट स्तब्ध भएको जनाएका छन् ।अन्तिम क्षणसम्म पनि उनी सांगीतिक गतिविधिमा सक्रिय थिए । दुर्घटनाको केही घण्टा अघि उनले यहाँका संगीतकर्मीसँगको सामूहिक तस्विर राखेर तराना संगीत साँझबारेमा फेसबुकमा पोष्ट गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह