पोखरा । सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । रोगलाग्नु अगावै सचेत बनाउन सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको युआरएलले वैशाख महिनाभर सभागृहचोकमा रहेको मुख्य कार्यालय र दमौली र दुलेगौंडामा रहेका शाखामा सित्तैमा मधुमेह जाँच हुनेछ ।
https://www.facebook.com/urlnepal/videos/445743322900513/
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले वैशाख महिनाभर सबैखाले परीक्षणमा ३० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यो क्षेत्रमा रेफरेन्स ल्याब सुरु गरेको युआरएलले गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन यो स्किम ल्याएको पन्तले बताए । उनले भने, ‘सर्वसाधारणमा ल्याब गएर जाँच गरी समस्या पत्ता लगाउन निदान गर्ने चलन हामीले बसायौं । सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने अभियानको पनि युआरएलले नै नेतृत्व गर्दै छ ।’
५ वर्षअघि स्थापना भएको युआरएलले अहिलेसम्म निशुल्क शिविर र असहाय, गरिब गरी ४२ हजारभन्दा बढीलाई नि:शुल्क सेवा दिइसकेको छ । विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले अहिलेसम्म ७० वटा निशुल्क शिविर गरिसकेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो