सूर्य तिमिल्सिना, मुस्ताङ । चैते दशैँ तथा नव बर्षको अवसर पारेर मुस्ताङ आउने पर्यटक तथा तिर्थालुहरुको आगमन बढेको छ । हिन्दु किंवदन्ती अनुसार चैते दशैंमा कागबेनीको पिण्ड स्थलमा श्राद्ध गरे पृत आत्मालाई शान्ति मिल्छ भन्ने बिश्वासका कारण यो समय मुस्ताङमा बढि तिर्थालुहरु आउने स्थानीयहरु बताउँछन् ।
यो बर्षको चैतेदशैँ तथा नवबर्षका लागि शुक्रबार र शनिवार गरि मुस्ताङमा करिब ८ हजार पर्यटक तथा तिर्थालुहरु आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जोमसोमका सूचना अधिकारी इन्स्पेक्टर राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिए । ‘चैतेदशैं तथा नव बर्षको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरुको संङ्ख्या गत बर्षको तुलनामा अहिले झनै बढेको छ’ सूचना अधिकारी रेग्मीले भने, ‘शुक्रबार र शनिबार सानाठूला गरी करिब १ हजार सवारी साधन भित्रिएको छ ।

हवाइ मार्गबाट पनि त्यत्रीकै यात्रु आएका छन् । हवाइ तथा सबारी साधनमा गरी दुई दिनमा ८ हजार भन्दा बढि मानिसहरु जिल्लामा आएका छन् ।’ कागबेनी बसपार्क र मुक्तिनाथ रानीपौवा बसपार्क समेत तिर्थालुकै गाडीले भरिएको उनले बताए । शुक्रबार बिहानै देखि कागबेनी पिण्ड स्थलमा श्राद्ध गर्ने तिर्थालुले भिड लागेको छ । अल्पकालीन ब्यबसाय भए पनि यहाँका ब्यबसायीले बिगतका समयमा भन्दा यो समयमा बढि आम्दानी गर्ने गर्छन् । दिवंगत पितृको नाममा मुस्ताङको कागबेनीमा आई पिण्डदान गर्नाले पितृ उद्धार हुने जनविश्वास छ । जसले गर्दा कागबेनीमा बिशेष गरी औंशी, चैते दशैं र बडादशैंको बेला श्राद्ध गर्न तिर्थालुहरु आउने गरेको स्थानीयहरु बताउँछन् ।
https://www.facebook.com/gandaknews/videos/310590336299766/
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला