तनहुँ । सवारी दुर्घटना न्युनिकरण र शान्तिसुरक्षा कायम राख्नु मुख्य प्राथमिकता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि बिनोद सिलवालले बताए ।
एसपि सिलवालले सो कुरा मंगलबार जिल्लाका पत्रकार संगको भेटघाट कार्यक्रममा बताएका हुन ।
पृथ्वी राजमार्गको लामो दुरि (७२ किलोमिटर) तनहुँ जिल्लामा पर्ने र धेरै सवारी दुर्घटना हुने भएकोले मुख्य प्राथमिकतामा सवारी दुर्घटना न्यूनीकरण रहेकोे एसपि सिलवालले बताए ।
सवारी दुर्घटना घटाउन ब्ल्याक स्पोर्ट पहिचान संगै सडक प्रयोगकर्ताहरु लाई जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको प्रहरी प्रमुख सिलवालले बताए ।
सवारी चालक, सहचालक, पैदल यात्री र स्थानीय लाई जनचेतनामूलक कार्यक्रम गर्ने र ठाउँ ठाउँमा बोर्डमा सूचना मुलुक सन्देश समेत राख्ने योजना रहेको सिलवालले बताए ।
बिग्रेको सवारी साधनलाई सडकबाट सुरक्षित स्थान ल्याउने र सडकमा कुनैपनि किसिमको बाधा उत्पन्न हुन नदिने लक्ष्य समेत रहेको सिलवाल बताउछ्न ।
लागुऔषध ओसारपसारको अन्त्य गर्न कडा चेकजाँच, कानुन उल्लंघन गरेर शान्तिसुरक्षामा खलल पुर्याउने जो कोहि लाई पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुने एसपि सिलवालले बताए ।
ईमानदार र जिम्मेवारीपुर्ण काम गर्नुपर्छ सबैको साथ अवश्य पाइन्छ प्रमुख सिलवाल भने । जिल्लामा देखिएका मुख्य मुख्य अपराध के के हुन त्यो बारे बुझीरहेको उनले बताए ।
“अपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रण गर्ने र सम्बन्धित निकायमा पठाएर शान्तिसुरक्षा कायम राख्ने नै प्रहरीको मुख्य काम हो”, प्रहरी प्रमुख सिलवालले भने ।
सबै संग मिलनसार र पारिवारिक सम्बन्ध बनाएर काम गर्ने योजना समेत रहेको सिलवालले बताए ।
सामाजिक गतिविधिमा खलल पुर्याउने कार्य गर्ने जो कोहि व्यक्ति लाई कारबाही गरिने सिलवाल बताउछ्न ।
पीडित लाई न्याय दिलाउन हरेक तवरले सहयोग गरि अपराधी लाई कारबाहीको दायरामा ल्याउने प्रमुख सिलवालले बताए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्