तनहुँ : घर नजिकै बाख्रा चराउन गएका प्रेम बानियाँ भालुको आक्रमणबाट घाइते भएका छन् ।
बुधबार तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बानियाँ भालुको आक्रमणबाट घाइते भएका हुन् ।
घर नजिकैको बनमा बाख्रा चराउन जाँदा भालुको आक्रमणबाट घाइते भएका बानियाँको उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
घाईते बानियाको साप्रामा गहिरो चोट, टाउको, गाला र हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
थप उपचारको लागी बानियाँलाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जानकारि दिएको छ ।
भानु नगरपालिकाको ग्रामीण क्षेत्रमा पछिल्लो समय मानिस र जंगली जनावार बीच द्वन्द्व बढ्दै गएको छ । तीन जना बालबलिकाको ज्यान लिएको नरभंक्षि चितुवा मृत अवस्थामा भेटिएपनि गाउँ-गाउँमा अहिले भालुले आतंक मचाउन थालेको छ ।
भालु गाउँका घर घरमै गएर घरपालुवा जनावारलाई खुवाउन पकाएर राखिएको अन्नपात तथा कुखुरा समेत खाईदिने गरेको छ । यस्तै, भालुले मानिसलाई समेत आक्रमण गर्न थालेपछि भानु क्षेत्रका बासिन्दा आतंकित बन्न थालेका छन् ।
गत कार्तिक ७ गते घर नजिकैको सिखा जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परी भानु नगरपालिका–११ रुपाकोट खाल्टेका ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए । भालुको आक्रमणबाट हात भाँचिनुका साथै घाँटीमा ठूलो चोट लागेको थियो ।
त्यसपछि, माघ १९ गते घर बाहिर निस्केका बेला भानु नगरपालिका १३ मिर्लुङ स्थित खड्कागाउँमा भालुले आक्रमण गर्दा ६५ वर्षीय चिजबहादुर कुँवर घाईते बन्न पुगेका थिए । उनको पनि पोखरामै उपचार गरिएको थियो ।
प्रतिकात्मक तस्विर
http://gandaknews.com/bhalu-bhanu/
http://gandaknews.com/bhalu/
सम्बन्धित खबर
१० औं गामी छाक्रा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम माघ १८ देखि
तनहूँ दुर्घटना [अपडेट]: मृतक दुई जना आमाछोरा
तनहूँमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु