तनहुँको भिरकोटमा जंगली मौरीले टोक्दा तीनजना बेहोस, पोखरामा उपचार हुँदै

तनहुँको भिरकोटमा जंगली मौरीले टोक्दा तीनजना बेहोस, पोखरामा उपचार हुँदै

mauri

तनहुँ । तनहुँकाे ऋषिङ्ग ४ भीरकोट अधेरीमा घाँस दाउरा काट्ने क्रममा शनिबार जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय हिरालाल विक, टंकलाल विक र कमल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए । तीनै जना बेहोस छन् ।

दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । सँगै रहेका दिलबहादुर विक भने भागेर सुरक्षित भएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ