पोखराबाट आधिकारिकताका साथ सञ्चालित गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले दादागिरी देखाएका छन् । नेपाली सेनाका अधिकृत र नेपाल प्रहरीका जुनियर अधिकृत लगायतको टोलीले मिडियाको हुँ भन्दा भन्दै पनि दुव्र्यवहार गरी मोबाइल खोसे ।
गण्डक न्यूज डट कमका पत्रकार अश्विन दानीमाथि नेपाली सेनाका एक अधिकृत र नेपाल प्रहरीका सुरक्षाकर्मीले गरेको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ कास्कीले खेद व्यक्त गरेको छ ।
महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनको क्रममा फिल्ड रिपोर्टिड. गरिरहेका पत्रकारले म गण्डक न्युजबाट, मिडियाको हुँ भन्दा भन्दै दुव्र्यवहार गर्नु, बलजफ्ती प्रहरी भ्यानमा कोच्नु, संचार सामाग्री (मोबाइल सेट) फुटाइनुलाई मिडिया माथिको नांगो हस्तक्षेपको रूपमा लिएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा उल्लेख छ: ‘यो घटनाको आवश्यक छानबिन गरी दोषी सुरक्षाकर्मी माथि कारबाही गर्न र उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन ने.प.महासंघ कास्की माग गर्दछ। साथै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्न र निर्वाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वाताबरण निर्माणका लागि राज्य, स्थानिय प्रशासन, सुरक्षा निकाय र नागरिक समुदाय सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले घटनापछि मिडियामाथिको आक्रमण कति सहनु भन्दै दोषी सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेका छन् ।
https://www.facebook.com/dsshrestha.srg.840/posts/1382667831874589
https://www.facebook.com/permalink.php?story_fbid=2267847676866419&id=100009236261553
घटनाबारे पत्रकार दानीको भनाई जस्ताको तस्तैः
आज बिहान पोखरा ट्रेड मल पछाडि शंकास्पद वस्तु भेटिएको थाहा भएलगत्तै म घटनास्थल गएँ । मैले व्यक्तिगत रुपमा नभई अफिसियल पेजबाट नै फेसबुक लाइभ गरेको छु । गण्डकन्यूज आधिकारीक अनलाइन भएकाले यसबाट हुने समाचार सम्प्रेषणका गतिविधि पनि आधिकारिक नै हुन् । एक्कासी लाइभ गर्दागर्दै काली भञ्जन गणबाट डिस्पोजल टोलीको नेतृत्व गरेर आएका क्याप्टेनले दुव्र्यवहार गरे ।
मैले खिचेको भिडियोमा स्पष्ट छ, त्यहाँ सैनिक जवानले समेत भिडियो गरिरहेका छन् । त्यसैबेला वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव निरीक्षक शुशिल घिमिरेको नेतृत्वमा आएको प्रहरी टोलीले मलाई प्रहरी भ्यानमा बलजफ्ती लग्यो । मैले प्रयोग गरिरहेको मोबाइल पटक पटक खोस्ने प्रयास गरे । अन्तिम पटक खोस्दा मोबाइलको बाहिरी कभर नै फुटेको छ ।
म गण्डकन्यूजको मिडियाको भनिरहेको छु । तैपनि भ्यानमा लगियो, पछि दुव्र्यवहार गरियो । फुच्चेहरु अझै दुव्र्यवहार भन्ने ? भन्दै भ्यानमा राखिएको बेला भनिएको छ । त्यसबेला मोबाइलमा लाइभ टुटिसकेको थियो । तत्काल सम्पादक रञ्जन अधिकारी आउनासाथ मलाई छाडियो । मैले मिडियाको, गण्डकन्यूजबाट भनिरहेको जानकारी गराउँदा समेत यस्तो हर्कत गरियो ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?