तनहुँको आदिकवि र अमेरिकाको मिजौरी विश्वविद्यालय बीच शैक्षिक सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर

तनहुँको आदिकवि र अमेरिकाको मिजौरी विश्वविद्यालय बीच शैक्षिक सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर

Mou Adikavi-Mijauri dml

तनहुँ । तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र अमेरिकाको मिजौरी साउदन स्टेट विश्वविद्यालय बीच बिहीबार शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक तथा अनुभव आदानप्रदान गरी शैक्षिक सहकार्य गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

आदिकवि क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी साउदन स्टेट विश्वविद्यालयका तर्फबाट विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष डा. व्रयाड हडसनले हस्ताक्षर गरी सम्झौता गरेका छन् ।

उक्त सम्झौतासंगै आगामि दिनमा दुबै क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरु आदान प्रदान गर्ने बाटो औपचारीक रुपमा खुलेको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको अवस्थाका विषयमा सहजिकरण गरेका थिए भने आदिकवि भानुभक्त क्याम्पस र साउदन स्टेट विश्वविद्यालयकका बीच संस्थागत सहयोग किन ? र के का लागि ? यसका लक्ष्य र उद्देश्य, विश्वविद्यालयको शिक्षण सिकाई विधी, शोध तथा अनुसन्धानको विषयमा डा. व्रयाड हडसन, माइकल सार्न्र्डस, डा.च्याड स्टिेविन्सले सहजिकरण गरेका थिए ।

यस्तै, मिजौरी साउदन स्टेट विश्वविद्यालय र आदिकवि भानुभक्त क्याम्पसको सम्बन्ध र सहकार्यलाई यथावत बनाउन क्याम्पस परिसरमा वृक्षरोपण समेत गरिएको छ ।

सोही अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका उपप्रमु्ख मिरा जोशी, मिजौरी साउदन स्टेट विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष डा. व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्स् लगायतले आदिकवि भानुभक्त क्याम्पस र मिजौरी साउदन स्टेट विश्वविद्यालय विचको सहकार्यले क्याम्पसको शैक्षिक विकासमा मद्दत मिल्ने बताएका थिए ।

आदिकविका विद्यार्थी र विश्वविद्यालयका प्रतिनीधिबिच अन्तरक्रिया

आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी र मिजौरी साउदन स्टेट विश्वविद्यालयका प्रतिनीधिबिच शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई एकअर्काको अध्ययन, तालिम तथा अनुसन्धान, अध्ययनभ्रमण, गोष्ठी तथा वैठकहरुमा सहज सहभागिता र अन्तराष्ट्रिय स्तरको शिक्षा पद्धतिको ज्ञान होस् भन्ने उद्धेश्यले अन्तरक्रिया गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वस्नेतको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा मिजौरी साउदन स्टेट विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष डा.व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्स् लगायतले आदिकवि भानुभक्त क्याम्पस र मिजौरी साउदन स्टेट विश्वविद्यालय विचको सहकार्यले क्याम्पसको शैक्षिक विकासमा मदत मिल्ने विश्वास ब्यक्त गरेका थिए ।

उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पस र मिजौरी विच सम्बन्ध दीर्घकालीन हुने र आदिकवि क्याम्पसले पनि मिजौरीका विद्यार्थीहरुलाई अध्ययनका लागि सहज बनाउने र उनीहरुलाई स्वागत गर्न आतुर बताए ।

यस्तै विश्वविद्यालयका प्रतिनिधिहरुले क्याम्पसको सम्पूर्ण पक्षबाट प्रभावित भएको बताउँदै आफुहरुले पनि आदिकविका विद्यार्थीहरुलाई विश्वविद्यालयमा अध्ययन गर्न जानका लागि अमेरिका राजदूतावासमा सहज वातारण बताउन पहल गर्ने बताएका थिए ।

आदिकवि भानुभक्त क्याम्पस र साउदन स्टेट विश्वविद्यालयकका विच सस्थागत सहयोेग किन र केका लागि यसका लक्ष्य र उद्येश्य, उक्त विश्वविद्यालयको शिक्षण सिकाई विधी, शोध तथा अनुसन्धानको बारेमा डा.व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्सले प्रकाश पार्दै मिजौरी साउदन स्टेट विश्वविद्यालय र आदिकवि भानुभक्त क्याम्पसको सम्बन्ध र सहकार्यलाई चिर स्थायी रहने बताएका थिए ।

उनीहरुले विद्यार्थीहरु लाई आफुले ल्याएको विश्वविद्यालयको चिनो क्याम्पसलाई प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई उपहार समेत बाँडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ