तनहुँ । तनहुँको भिमादबाट आधामारा जादै गरेको जिप जुकेपानि स्थित खोलामा खस्दा शनिबार दुर्घटना भएको छ ।
शनिबार सवा ३ बजेको समयमा भिमाद नगरपालिका वडा नं. २ जुकेपानि स्थित ग १ज ६५२५ नं. को जिप सडक बाट तल खस्दा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा जिपमा सवार ८ जना घाइते भएका छ्न । घाइते लाई उपचारको लागि गण्डकि मेडिकल कलेज पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकबाट अन्दाजी १५ मिटर तल खोलामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
जिप घटनास्थलमानै रहेको र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाइते हुनेहरुमा भिमाद नगरपालिका वडा नं. १ काउले बस्ने वर्ष ४२ को तारा बि.क., वर्ष २४ कि सिता थापा, वर्ष ६६ कि सोभा थापा, वर्ष २२ कि शान्ती थापा, वर्ष ४० को पुर्ण परियार, वर्ष ४० कि पार्वती थापा, वर्ष ३५ कि सेति मायाँ परियार, वर्ष २२ कि पविना थापा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हात र खुट्टामा चोट लागेको र अबस्था मध्यम रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन