तनहुँ । तनहुँको दमौलीमा नव वर्ष काव्य उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
बौद्धिक सार्वजनिक पुस्तकालयको आयोजनामा शुक्रवार दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा ‘नव वर्ष काव्य उत्सव २०७६’ सम्पन्न भएको छ ।
कविता, गजल र मुक्तकले कार्यक्रम स्थल गुन्जयमान भएका थियो । कवि सुदेश सत्यालका फर्केर आउ घर, नेपाल बन्द छ, न्याय हराएको देश लगायतका कविताहरु स्रोताहरुले अति नै मन पराएका थिए ।
सत्यालको प्राय सबै कविताहरु पुन प्रस्तुतीको आग्रह गरिएको थियो ।
छन्दबद्ध कवितामा विशेष उपस्थिति जनाएका सत्याल राष्ट्रियस्तरको सम्मान पाइसकेका परिचित युवा कवि हुन् ।
त्यस्तै गरी गजलकार प्रदिप रोदनका प्राय सबै प्रस्तुतीमा वा वा र तालीको वर्षा भएको थियो ।
निकै मार्मिक शब्दमा रचित गजललाई उनको कलात्मक प्रस्तुती शैलीले झनै उत्साह थपेको थियो ।
कार्यक्रममा गजलकार समिप अधिकारीका प्रेमिल गजलले पनि स्रोताहरुलाई मोहित पार्न सफल भए ।
माया, प्रेम र श्रृगारिक रसमा लेखिएका उनका गजलहरु अत्याधिक मन पराइएको थियो ।
त्यस्तै गरी मुक्तककार विजय रानाभाटले आफ्ना मुक्तक मार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
व्यंग्यात्मक शैलीमा रचित उनका मुक्तकले शैक्षिक प्रद्धति देखी लिएर राजनैतिक परिवेशसम्मलाई व्यङ्ग्य प्रहार गरेका थिए ।
तनहुँ जिल्ला साहित्यको दृष्टिकोणले अति नै उर्वर भूमि भएकाले बेला बेला यस्ता काव्य उत्सवहरु आयोजना गर्दा नव स्रष्टाहरुको पहिचान र प्रोत्साहन साथै स्रष्टाहरुको सम्मानका पनि हुने भएकाले कार्यक्रम आयोजना गरिएको बौद्धिक सार्वजनिक पुस्तकालयका अध्यक्ष सागर घिमिरेले बताए ।
कार्यक्रम संस्थाका उपाध्यक्ष सन्देश अधिकारीले समेत आफ्नो कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायत प्राध्यापक एवं कर्मचारी, विद्यार्थीहरु र साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्