गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । युवा पुस्ताका लोकप्रिय चर्चित गायक सुनिल गिरी र पुनम मिश्रको आवाजमा ‘कोसेली’ बोलको गीतको भिडियो सहित आइतबार सार्बजनिक भएको छ ।
शब्द र संगीतमा गायक गिरि कै रहेको ‘कोसेली’ बोलको गीतको भिडियो गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गायक गिरिको गृहजिल्ला तनहुँको मानुङकोट र दमौलीको बिभिन्न रमणिय ठाउमा गितको भिडियो खिचिएको छ ।
गाउँले परिवेशमा उक्त गितको भिडियो तयार गरिएको छ ।
यस अघि नै धेरै हिट गीत दिइसकेका गायक गिरीका ‘को होला त्यो’, ‘देउराली भन्ज्याङ’, ‘कस्तो यो मन’, ‘सोल्टिनी’ जस्ता उत्कृष्ट गीतहरुलाई दर्शकहरुले अत्याधिक मन पराइसकेका छन ।
गायक गिरीले आफै अभिनय गरेको उक्त गीतमा उनलाई साथ दिएकी छन अन्जली मगरले । गिरि र मगरको साथमा भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुलका कलाकारको समेत अभिनय रहेको छ ।
आशिष अबिरलको संगीत रहेको गीतलाई प्रबिन भट्टले सम्पादन गरेका छन ।
उक्त गीतमा अबिनाश मानन्धरले ड्रोन चलाएका छ्न l ड्रोन मार्फत मानहुकोट र दमौलीको दृश्य उत्कृष्ट देखाइएको छ ।
भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।
कुहिरोको उत्पत्ति थलो मानुङ
व्यास नगरपालिकाको पर्वतीय डाँडो मानुङ प्राकृतिक हिसाबले धनी छ नै यसको पौराणिक र सांस्कृतिक महत्र्व पनि उत्तिकै छ ।
आधा दर्जन हिम शृखलाको दृश्यावलोकन र दमौली बजार तथा आसपासका साना बजार दृश्यावलोकन यहाँको महत्र्वपूर्ण पक्ष हो ।
कुहिरोको उत्पत्तिसमेत यसै डाँडाबाट भएको जनविश्वास छ ।
परापूर्वकालमा व्यासपिता ऋषि पराशरले माझीपुत्री मत्स्यगन्धासँगको रासलीलालाई गोपनीय बनाउन कुहिरो सिर्जना गरेको किंवदन्ती छ ।
हालसम्म दमौली सहर ढिलो घाम लाग्ने र हिउँदमा कुहिरोको सहरका रूपमा चिनिन्छ ।
यो कुहिरोको सिर्जना मानुङ डाँडाबाट भएकाले यस ठाउँलाई छुट्टै महत्र्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिने गरिन्छ ।
सांस्कृतिक हिसाबले धनी मगर समुदायको बसोवासस्थल र होमस्टेका कारण मानुङको माध्यमबाट पर्यटक भित्र्याउन सकिने विश्वास धेरैको छ ।
व्यास नगरपालिकाले पनि मानुङ र कालिका जंगलपार्कलाई पर्यटकीय स्थलका रूपमा विकास गरेर थप पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
भिडियो हेर्नुहोस् :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ