काठमाडौं । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र दीपक वलीको फिल्म ‘पण्डित बाजेको लौरी’ माथि सर्वोच्च अदालतमा परेको मुद्धाको फैसला भएको छ । उपन्यास र फिल्मले वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाएको भन्दै यस समुदायका केही ब्यक्तिले गत वर्षको भदौ ३० मा सर्वोच्चमा मुद्धा हालेका थिए।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले जारी गरेको आदेशको बुँदा–३३ मा भनिएको छ, ‘साहित्य सर्जकले प्रयोग गरेको शब्द, भाषा र शैलीलाई खास सामाजिक सन्दर्भमा हेरी मुल्यांकन गरिनु पर्दछ। त्यसैले अन्यथा खराब मनसाय नभएको अवस्था र प्रचलित कानुनले निषेध नगरेको कुरामा कुनै साहित्यकार वा सर्जकलाई उत्तरदायी ठहराउनु उचित र विकेकपूर्ण ठानिदैन।’
यो बुँदालाई लिएर ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाले आफ्नो जित भएको बताएकी छन्। सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘लेखकीय स्वतन्त्रताको सम्मान गर्दै अदालतको जुन फैसला आएको छ, त्यसका लागि सम्म्माननीय सर्वोच्च अदालतप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’
https://www.facebook.com/permalink.php?story_fbid=794201057621505&id=100010948538698
वादी समुदायको तर्फबाट अगुवाहरू मीना नेपाली, केशव वादी, गोपाल वादी, रञ्जिता नेपाली र निर्मल वादीले मुद्धा दायर गरेका थिए।
सम्बन्धित समाचारः
http://gandaknews.com/sarswoti-pratikchhya/
http://gandaknews.com/nathiya/
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो