पोखरा । निजी विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्नुपर्ने छात्रवृत्ति लागू नगराएको विषयमा ध्यानाकर्षण गराइएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भुगोल जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो । शैक्षिक सत्र सुरु भएपछि अनिवार्य वितरण गर्नुपर्ने छात्रवृत्ति अनेक बहानामा टार्दै आइरहेकोले नियामक निकाय महानगरलाई झक्झकाएको भुगोल कमिटी कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।
‘छात्रवृत्ति लागू नगराउने स्कुललाई अनुगमन गरी कारबाही थाल्न समेत ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘अनेरास्ववियुले यस विषयलाई वर्षौदेखि गम्भीरतापूर्वक उठाउँदै आएको छ । यस वर्षदेखि लागू नभए महानग गेटमै अनसन तयारी समेत गरेका छौं ।’ अध्यक्ष गौतम सहित ५ जना विद्यार्थी नेता छात्रवृत्ति लागू गराई अटेर गर्ने स्कुललाई कारबाहीको माग राख्दै अनसन बस्ने तयारी गरेको उनले जानकारी दिए ।
१० प्रतिशत अनिवार्य छात्रवृत्ति वितरण गर्नुपर्ने प्रावधान छ । तर अधिकांश विद्यालयले सो कोटामा समेत विद्यार्थी भर्ना गरी शुल्क लिँदै आएको पाएपछि अनेरास्ववियुले लागू गराउन पहल थाल्ने भएको जनाइएको छ । साथै, अध्यक्ष गौतमले यस वर्षदेखि सो दर बढाएर २० प्रतिशत कायम गराउन समेत माग गरिएको जानकारी दिए ।
सामुदायिक स्कुलको गुणस्तर सुधार गर्दै विद्यार्थीको पढ्नपाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेको छ। साथै निजी शैक्षिक संस्थाले लिदै आएको बार्षिक र मासिक शुल्क अबैग्यानिक भएकोले तत्काल नयाँ शुल्क निर्धारण गर्न माग गरेको छ।
चैत अन्तिम साता पोखरा महानगर र वडाहरुलाई शिक्षा सुधारका ४ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको थियो । मागको कुनै वास्ता नभएकाले अब कडा रुपमा जान आवश्यक भएको अध्यक्ष गौतमको भनाई छ ।
http://gandaknews.com/mahanagarpalika-sikxya-sudar/
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु