पोखरा । निजी विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्नुपर्ने छात्रवृत्ति लागू नगराएको विषयमा ध्यानाकर्षण गराइएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भुगोल जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो । शैक्षिक सत्र सुरु भएपछि अनिवार्य वितरण गर्नुपर्ने छात्रवृत्ति अनेक बहानामा टार्दै आइरहेकोले नियामक निकाय महानगरलाई झक्झकाएको भुगोल कमिटी कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।
‘छात्रवृत्ति लागू नगराउने स्कुललाई अनुगमन गरी कारबाही थाल्न समेत ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘अनेरास्ववियुले यस विषयलाई वर्षौदेखि गम्भीरतापूर्वक उठाउँदै आएको छ । यस वर्षदेखि लागू नभए महानग गेटमै अनसन तयारी समेत गरेका छौं ।’ अध्यक्ष गौतम सहित ५ जना विद्यार्थी नेता छात्रवृत्ति लागू गराई अटेर गर्ने स्कुललाई कारबाहीको माग राख्दै अनसन बस्ने तयारी गरेको उनले जानकारी दिए ।
१० प्रतिशत अनिवार्य छात्रवृत्ति वितरण गर्नुपर्ने प्रावधान छ । तर अधिकांश विद्यालयले सो कोटामा समेत विद्यार्थी भर्ना गरी शुल्क लिँदै आएको पाएपछि अनेरास्ववियुले लागू गराउन पहल थाल्ने भएको जनाइएको छ । साथै, अध्यक्ष गौतमले यस वर्षदेखि सो दर बढाएर २० प्रतिशत कायम गराउन समेत माग गरिएको जानकारी दिए ।
सामुदायिक स्कुलको गुणस्तर सुधार गर्दै विद्यार्थीको पढ्नपाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेको छ। साथै निजी शैक्षिक संस्थाले लिदै आएको बार्षिक र मासिक शुल्क अबैग्यानिक भएकोले तत्काल नयाँ शुल्क निर्धारण गर्न माग गरेको छ।
चैत अन्तिम साता पोखरा महानगर र वडाहरुलाई शिक्षा सुधारका ४ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको थियो । मागको कुनै वास्ता नभएकाले अब कडा रुपमा जान आवश्यक भएको अध्यक्ष गौतमको भनाई छ ।
http://gandaknews.com/mahanagarpalika-sikxya-sudar/
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट