पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको खहरेमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराए ।
सोमबार दिऊँसो ४ बजेतिरको समयमा एक महिला पर्यटक बस्त्र नै नलगाई हिँडेपछि सबैजना अचम्म परेका हुन् । उनको टाउकोमा टोपी बाहेक कतै बस्त्र थिएन । स्थानीयले पर्यटकलाई नाङ्गै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटक प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।
ति महिला पर्यटकलाई अहिले कपडा लगाईदिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन्, नाम के हो, किन नाङ्गै हिँडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।
उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरिएको प्रहरीको भनाई छ । सोमबार अन्तर्राष्ट्रिय पृथ्वी दिवस भएका कारण ति महिलाले यस्तो हर्कत गरेको हुनसक्ने आँकलन छ ।
सम्बन्धित खबर
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
तप्राङ्मा स्वास्थ्य शिविर
शुक्लाले गर्यो पत्रकार र सहयोगीलाई सम्मान
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य